२ सय ४४ घरधुरीलाई १३ हजार क्युफीट सहुलियत दरको काठ वितरण

कुमोद अधिकारी
१४ भदौ
विराटनगर । डिभिजन वन कार्यालय मोरङ अन्तर्गत रहेको जिल्ला वन पैदावार आपुर्ति समितिले गत आर्थिक वर्ष १३ हजार क्युफीट सहुलियत दरको काठ वितरण गरेको छ ।
समितिले घर निमार्ण तथा मर्मतका लागि साढे ६ हजार गोलिया र साढे ६ हजार क्युफिट चिरान काठ सौहलियत दरमा वितरण गरेको हो ।
गत आर्थिकवर्ष कार्यालयवाट २ सय ४४ घरधुरीलाई घर निमार्ण तथा मर्मतका लागि सखुवाको काठ वितरण भएको थियो । कार्यालयले विराटनगर महानगरपालिका , सुन्दरहरैचा नगरपालिका तथा नहदा , कटहरी, वुढिगंगा साथै ग्रामथान गाउपालिकाका घरधुरीलाई काठ वितरण गर्दै आएको छ ।
आवश्यक कागजात पु¥याएर आएका निवेदन अनुसार छनौटमा परेकालाई घर वनाउन ६० देखि ६५ र घर मर्मतका लागि ३५ देखि ४० क्युवी काठ समितिले उपलव्ध गराउदै आएको डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत रामलखन ठाकुरले वताउनुभयो


जन सहभागितामा हुने विकास निमार्णको काम तथा धार्मिक तथा पुरातात्विक मठ मन्दिर निमार्ण तथा पुर्न निमार्ण साथै शितलहर भएको अवस्थामा र दाह सस्कारका लागि समेत आवश्यक काठ दाउरा उपलव्ध गराउदै आएको पनि कार्यालयका सुचना अधिकारी समेत रहनु भएका वन अधिकृत ठाकुरले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयले अन्तर्गत रहेका सामुदायिक वनले राष्ट्रियवनको पहुच पुगेका पुर्व पश्चिम राजमार्गको उत्तरी भेगका उपभोक्तालाई घर वनाउन आवश्यक काठ उपलव्ध गराउदै आएपनि मोरङको दक्षिण भेगका कतिपय पालिकाका सर्वसाधारणले भने सौहलियत दरको काठ पाउन सकिरहेका छैनन ।
वनको पहुच पुग्न नसकेका रंगेली, रतुवामाई तथा सनुवसीृ नगरपालिका तथा धनपालथान गाउपालिकाका वासिन्दाले लामो समय देखि सौहलियत दरको काठ पाउन सकेका छैन ।
रंगेली, रतुवामाई तथा सुनवर्सी नगरपालिका र धनपालथान गाउपालिकाका वासिन्दालाई वेलवारी तथा पथरी शनिश्चरे नगरपालिकामा रहेका साझेदारवनवाट काठ पाउने गरि व्यवस्था मिलाईको कार्यालयका अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो


राष्ट्रिय वनको पहुच पुग्न नसकेका सवै पालिकामा समान रुपमा काठ दाउरा वितरणका लागि दक्षिणभेगका पालिकालाई साझेदारी वनवाट काठ उपलव्ध गराउने व्यवस्था गरिएको अधिकृत यादवको भनाई छ ।
वन ऐन अनुसार राष्ट्रिय वनको पहुच पुग्न नसकेका पालिकाहरुलमा साझेदारी वनहरुले काठ आपुर्ति गर्नुपर्ने व्यवस्था छ डिभिजन वन कार्यालयले एक क्युफीट सखुवाको ए ग्रेटको चिरान काठ साढे ३५ सय रुपैयामा उपलव्ध गराउदै आएको छभने एक क्युफीट सोही काठ वजार मुल्य साढे ५ देखि ६ हजार रुपैया सम्म पर्न आउछ ।
अघिल्लो आर्थिकवर्षमा सो कार्यालयले २ सय ९८ घर धुरीलाई घर निमार्ण तथा भर्मतका लागि काठ उपलव्ध गराएको थियो । सो वर्ष घर निमार्ण, मर्मत तथा दैविक प्रकोपवाट प्रभावितहरुलाई १८ हजार ८ सय ६८ क्युफीट काठ तथा दाउर उपलव्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *