कुमोद अधिकारी
३० साउन,
विराटनगर । विकास निमार्ण आयोजनाका काम समयमा सम्पन्नगर्न लो विडमा टेण्डर हाल्ने प्रावधान हटाउनुपर्नेमा निमार्ण व्यवसायिहरुले जोड दिएका छन ।
निमार्ण व्यवसाय विचको प्रतिस्पर्धाका कारण लो विडमा अर्थात लागत भन्दा कम रेटमा टेण्डर हाल्ने क्रम वढेका कारण विकास निमार्णका आयोजनाहरु अधुरो अपुरो हुने र समयमा सम्पन्न हुन नसकेको उहाहरुको भनाई छ ।
साना तिना व्यवसायीहरुले लो विडका टेन्डर हालेर ठेक्का हातपार्ने र समयमा काम पुरा गर्न नसक्ने प्रवृति कारण कामगर्ने निमार्ण व्यवसायी समेत मारमा परेकाले सार्वजनिक खरिद ऐन संशोधन गरेर भएपनि लो विडको प्रावधान हटाउनुपर्नेमा उहाहरुले जोड दिनुभयो ।
निमार्ण व्यवसायी महासंघको कोशी प्रदेसको विराटनगरमा आज आयोजित १५ औ साधारणसभा वोल्दै महासंघका केन्द्रिय अध्यक्ष रवी सिंहले लागत भन्दा कम दररेटमा ठेक्का सम्झौता गर्ने र समयमा काम सम्पन्न नगर्ने प्रवृति वढदै गएकाले यसलाई निरुत्साहित पार्न काम गर्न सक्ने निमार्ण व्यवसायी संग मात्र सरकारी निकायले ठेक्का सम्झौता गर्नुपर्ने वताउनुभयो ।
निमार्ण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामाले लो विडका कारण निमार्ण राम्रो कामगर्ने निमार्ण व्यवसायीले समेत समस्या भोग्नु परिरहेकाले लो विड नियन्त्रण आवश्यक रहेकोमा जोड दिनुभयो ।
निमार्ण व्यवसायी महासंघका महासचिव रोशन दाहालले जसरी पनि आफुले ठेक्का पाउनुपर्छ भन्दै कम विलोमा ठेक्का हाल्ने प्रवितृ वढदै गएको वताउनुभयो ।
निमार्ण व्यवसायी महासंघका उपाध्यक्ष वालकृष्ण थापा, रामजी पन्त, मोहन प्रसाद अधिकारी, प्रकास वहादुर सेठी तथा महासंघका कोषाध्यक्ष हिरणप्रसाद श्रेष्ठले लो विड नियन्त्रणका लागि सामुहिक पहल आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रमा नेकपा एमालेका कोशी प्रदेस अध्यक्ष घनश्याम खतिवडा, नेकपा माओवादीको कोशी प्रदेस अध्यक्ष हर्क वहादुर नेमाङ मिक्सो, नेपाली कांग्रेस कोशी प्रदेस कोषाध्यक्ष राजेश गुप्ता, कोशी प्रदेस प्रहरी कार्यालय विराटनगर प्रमुख डिआइजी इश्वर कार्की मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेस उपाध्यक्ष कुमोद अधिकारीले ठेक्का सम्झौता भएका विकास निमार्णका आयोजनाहरु समयमा सम्पन्न हुनपर्नेमा जोड दिनुभयो ।
निमार्ण व्यवसायी महासंघ कोशी प्रदेसका अध्यक्ष जनसेवक भण्डारीको अध्यक्षतामा भएकोको कार्यक्रममा निमार्ण व्यवसायी महासंघ मोरङ अध्यक्ष मोहनकुमार मिश्र, झापा अध्यक्ष रमेसकुमार अधिकारी महासंघका केन्द्रिय सल्लाहकार निरोज पाण्डेले निमार्ण व्यवसायीहरुको समस्याका वारेमा अवगत गराउनु भएको थियो ।सो अवसरमा विभिन्न निमार्ण कम्पनीहरुलाई सम्मान समेत गरिएको थियो ।