कुमोद अधिकारी
२ भदौ
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को संगठित सदस्य तथा पार्टीको कार्यकर्ता रहेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग कुरा गर्दै पुर्व राष्ट्रपति भण्डारीले ४५ वर्ष अघि दखीनै आफलेु पार्टीको संगठित सदस्य भएर काम गरेको र अहिलेपनि नेकपा (एमाले) को नीति र कार्यक्रम अनुसार पार्टीे हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘म नेकपा एमाले नै हो। म नेकपा एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो र म नेकपा एमालेको कार्यकर्ता पनि हु यसमा कुनै विवाद छैन उहाले प्रष्ट पार्नुभयो ।
सदस्यता नविकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई औपचारिक जानकारी नभएको बताउनुभयो ।
‘पार्टीको औपचारिक कुरा के छ, मलाई त्यो थाहा छैन र ‘सबै सदस्यहरूलाई सबै कुरा थाहा नहुने उहाको भनाई थियो । आफू अहिले केन्द्रीय समितिमा नरहेको कारणले पार्टीको औपचारिक निर्णयबारे जानकारी नभएको उहाले प्रष्ट पार्नुभयो ।
एक प्रश्नमा उहाले आफू आलोचनाभन्दा मुक्त नरहेको भन्नुहदै तर आफुले कुनै गुट नचलाएको प्रष्ट पार्नुभयो ।
कांग्रेस नेता डा. शेखर कोइरालासँग भएको भेटलाई लिएर सोधिएको प्रश्नमा भण्डारीले त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताउनुभयो ।
देसको समस्या समाधान गर्ने विषयमा छलफलका लागि आफुले डा ‘शेखर कोइरालासँग भेटघाटन गरेको र देशको समस्या सधानका लागि नेताहरु विचको भेटघाट समान्य कुरा भएको उहाले वताउनुभयो ।
डा कोइराला पनि मोरङ विराटनगरकै हो । हामी पनि त्यहीँ जन्मिएर हुर्केको हो’ उहाले भन्नुभयो ्, ‘त्यो भेटेको कुरालाई यस्तो एकदमै ठूलो हाउगुजीको रूपमा लिन नहुने उहाको भनाई थियो ।’
वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा भण्डारीले वामपन्थी पार्टीहरू धेरै भएकाले सम्भावना नरहेको भन्न नमिल्ने बताउदै तर, त्यसलाई बलियो रूपमा आफुले नदेखेको उहाले प्रष्ट पार्नुभयो । ‘सम्भावनै छैन भनेर मैले भन्न पनि मिलेन । तर, सम्भावना म त्यति बलियो देख्दा पनि देख्दिनँ’ उहाले भन्नुभयो ।