कुमोद अधिकारी
१ भाद्र
विराटनगर । विगतका वर्ष जस्ते यो वर्षपनि विराटनगर ऐतिहासिक राधाकृष्णको रथयात्रा निकालिएको छ ।
कृष्णाजन्माष्टमीको भोलिपल्ट आयोजना हुने ऐनिहासिक राधाकृष्ण रथयात्रा आज अपरान्ह विराटनगर भव्य रुपमा निकालिएको हो ।
विराटनगर–१ तिनपैनी स्थित राधाकृष्णको मन्दिरवाट अपरान्ह चार वजे निस्केको रथयात्रा भारतको उडिसा राज्यको जगन्नाथपुरी पछिको दक्षिण ऐसियाकै दोस्रो ठूलो रथयात्रा हो । रथयात्रामा नेपाल तथा भारतका गरि पाचलाख वढि भक्तजनको सहभागिता रहेको छ ।
विस १९८८ सालदेखि खट यात्रावाट शुरु भएको सो रथयात्रा यो वर्ष ९४ औं वर्षमा पुगेको राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो ।
राधाकृष्ण भगवान विराजमान रहेको सो रथको उचाई २१ फिट तीन इन्च, चौडाई १४ फिट, लम्बाई १९ फिट र जुवाको भाग आठ फिट रहेको छ। भक्तजन तथा सुरक्षाकर्मीले रथमा वाधेको डोरीको लठा तानेर रथलाई गडाउने परम्परा रहि आएको छ । रथमा प्रयोग भएको डोरी छुदा समेत भक्तजनको मनोकामना पुरा हुने धार्मिक विश्वास रहि आएको छ ।

राधाकृष्ण रथयात्रामा कोशी प्रदेश, मधेश प्रदेश र भारतका विभिन्न प्रान्तका धर्मावलम्वीहरुको सहभागीता रहेको समितिका अध्यक्ष रेग्मीको भनाई छ ।
रथयात्राले परिक्रमाको क्रममा नगरका विभिन्न ४४ स्थानमा विश्राम लिने छ । अपरान्ह निस्केको सो रथयात्राले विराटनगरको विभिन्न भागको परिक्रमा गर्दै ९ किलोमिटरको दुरी तय गर्ने र राती ९ वजे सो रथयात्रा मन्दीर परिसरमा पुग्ने समितिले जनाएको छ । रथयात्रा व्यवस्थित वनाउन नेपाल प्रहरी सशत्र प्रहरी तथा सादा पोसाकका गरि १ हजार वढि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भव्य समारोहका विच रथयात्राको शुभारम्भ गर्नु भएको थियो ।
रथयात्रामा विभिन्न जाती समुदायहरुले आ–आफनो वेशभुषा र परम्परा अनुसार झाकी प्रस्तुत गरेका थिए । रथयात्रालाई मध्यनजरगर्दै कोशी प्रदेस सरकारले आज प्रदेसमा सार्वजनिक विदा समेत दिएको छ ।