महानगरका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम

कुमोद अधिकारी
२९ साउन
विराटनगर÷ ब्रम्हाकुमारी राजयोग सेवा विराटनगरले विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खुसीयाली तथा पुनर्ताजगी तालिम दिइएको छ ।
तनावरहित जनप्रतिनिधि र कर्मचारीले मात्रै प्रभावकारी सेवा दिन सक्ने भन्दै ब्रम्हाकुमारी राजयोगले तालिम दिएको हो । महानगरको सभाहलमा आयोजित तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा मेयर कोइरालाले तालिमले जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न हौसला प्रदान गरेको बताउनुभयो ।
ब्रम्हाकुमारी राजयोगका प्रशिक्षक राजु घलले सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो । उहाले सुख र दुःख आफूभित्रै हुने बताउँदै जीवनलाई कस्तो बनाउने भन्ने आफ्नै हातमा रहेको बताउनुभयो ।
सुख–दुःख, खुसी–दुःखी, आशा–निराशा, सफलता–असफलता, सकारात्मक–नकारात्मक आफ्नै कारणले हुने उहाको भनाइ थियो । प्रशिक्षक घलले सँगै मनमा सकारात्मक विचार लिनुपर्नेमा जोड दिनुभयो ।
ब्रम्हाकुमारी गीता कुमारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, श्याम घिमिरे, जितन थापा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियासहित कार्यपालिका सदस्य, विभिन्न महाशाखा र शाखा प्रमुखका साथै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *