कुमोद अधिकारी
२६ साउन,
विराटनगर । कोेशी प्रदेससभा सदस्य अमृत अर्यालले अन्तराष्ट्रिय क्रिकेट खेलाडी ललित राजवंशीको आवासका लागि घर वनाई दिने घोषणा गर्नु भएको छ ।
राजवंशीको आमाको निधनमा आज दुखव्यक्त गर्न विराटनगर–१४ सरस्वती टोलस्थित राजवंशी निवास पुग्नु भएका संविधान सभा सदस्य समेत रहनु भएका अर्यालले घर वनाई दिने घोषणा गर्नु भएको हो ।
कोशी प्रदेसका भौतिक पुर्वाधार विकास राज्यमन्त्री भुमिप्रसाद राजवंशी सहित अर्याल राजसंशी निवास पुग्नु भएको थियो ।
प्रदेस जनता आवस कार्यक्रम अन्तर्गत मोरङ निर्वाचन क्षेत्र–५ क वाट निर्वाचित प्रदेससभा सदस्य अर्यालले साढे चारलाख रुपैयाको लागतमा क्रिकेट खेलाडी वसोवासगर्दै आउनु भएको ठाउमा उहाको लागि घर वनाएर कार्यक्रमको शुभारम्भ गर्न लागिएको जानकारी दिनुभयो ।
कायक्रम अन्तर्गत आफनो प्रदेस निर्वाचन क्षेत्रमा ६ वटा घर निमार्णगर्ने योजना परेको र सो अन्तर्गत राजवंशीका लागि घर वनाएर कार्यक्रमको शुभारम्भ गर्न लागेको अर्यालले जानकारी गराउनुभयो ।

टवाइ्लेट सहितको जस्ताको छाना भएको एउटा घरका लागि साढेचार लाख रकम विनयोजन गरेको र आवश्यक परेको अवस्थामा केहि रकम थप गर्न समेत े प्रदेस सरकार संग आग्रह गरेको अर्यालले जानकारी दिनुभयो । यसैगरि उहाले अन्य पाच ठाउमा विपन्न समुदायका लागि घर वनाउन लागेको जानकारी दिनुभयो ।
सो अवसरमा राज्यमन्त्री राजवंशीले आर्थिक अवस्था कमजोड भएका विपन्न समुदायको सुरक्षित वसोवासका लागि प्रदेस सरकारले यो कार्यक्रम ल्याएको र प्रदेससभाकम निर्वाचित प्रत्येक सदस्यका लागि ६ वटा घर निमार्णका लागि प्रदेस सरकारले वजेट विनयोजन गरेको प्रष्ट पार्नुभयो ।
उहाका अनुसार, कार्यक्रम अन्तर्गत प्रदेसभाका ५६ जना निर्वाचित सदस्यले आ–आफनो निर्वाचनक्षेत्रमा ६ वटा घर निमार्णका लागि वजेट विनियोजन गरेको र त्यसवाट विपन्न समुदायका लागि कोशी प्रदेसमा ३ सय ३६ वटा घर निमार्ण हुने छ ।