कोशी प्रदेसमा युरियामलको अभाव हुदैन , कृषि सामग्री कम्पनी लिमिटेड

कुमोद अधिकारी
६ साउन,
विराटनगर । आवश्यकता अनुसार मलको मौजाद रहेकाले कोशी प्रदेसमा युरियामलको अभाव नहुने कषि सामग्री कम्पनी लिमिटेड प्रादेसिक कार्यालय विराटनगर जनाएको छ ।
आवश्यकता अनुसार मलको मौजाद रहेको र मल आउने क्रममा रहेकाले गतवर्ष जस्तै योवर्षपनि कोशी प्रदेसमा युरिया मलको अभाव नहुने सो कार्यालयले जनाएको छ ।
आवश्यकता अनुसार मौजाद रहेकाले हिजो देखि युरियामलको विक्रि वितरण खुल्ला गरिएको कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका प्रमुख नरेश सापकोटाले वताउनुभयो ।
विराटनगर स्थित कार्यालयमा हाल ४ हजार टन ,सुनसरीको इटहरी कार्यालयमा १२ सय ४१ टन, झापा विर्तामोड कार्यालयमा १ हजार ५४ टन, उदयपुरको गाइघाट कार्यालयमा २ सय ५० टन र धनकुटा कार्यालयमा ३ सय ७८ टन युरियामल मौजाद रहेको छ ।
यो सिजनमा डिएपीमलको केहि अभाव जस्तो देखिएपनि धान रोपिसकेपछि धानको टपवेशका लागि प्रयोगहुने युरियामलको भने अभाव नहुने कार्यालय प्रमुख सापकोटाको भनाई छ ।


नेपाल सरकारले खरिद गरेको मध्ये २० प्रतिशत रसायनिकमल कोशी प्रदेसका लागि आउने गर्दछ । प्रदेसमा आउने युरिया, डिएपी तथा पोटास लगायतका रसायनिक मलको कुल परिमाण मध्ये १० प्रतिशतमल मौजाद राखेर वाकि मल विभिन्न जिल्लमा कोटा अनुसार कार्यालयले विक्रि वितरणका पठाउने गदर्छ ।
सो कार्यालयका अनुसार गत आर्थिकवर्ष ३५ हजार ६ सय ५० टन यरियामल विक्रिगर्ने लक्ष्य लिएकोमा ३७ हजार ८ सय ५१ टन तथा २० हजार ५ सय ५० टन डिएपी मल विक्रिगर्ने लक्ष्य लिएकोमा २८ हजार ७ सय ९१ टन विक्रि वितरण गरेको थियो ।
विराटनगर स्थित प्रादेसिक कार्यालय अन्तर्गत इटहरी, विर्तामोड, इलाम , गाइघाट तथा इलाम जिल्लामा साखा कार्यालयहरु रहेका छन । जिल्ला स्थित साखा कार्यालयले सो क्षेत्रका विक्रेता तथा विराटनगर कार्यालयले मोरङ, तेह्रथुम , भोजपुर तथा संखुवासभा जिल्लाका मल विक्रिेतालाई मल विक्रि वितरण गर्दै आएको छ । स्थानियतहको सिफारिसको आधारकमा कार्यालयले विक्रिेताहरुलाई मलको कोटा लगाउने गर्दछ ।


धान रोप्न प्रयोग हुने डिएपी मल ल्याउने जिम्मा पाएको सपलार्यसले समयमा मल ल्याउन नसक्दा कार्यालयमा आएको २८ सय ५० टन डिएपीमर्ल विक्रि वितरण गरेको थियो । कोशी प्रदेसका लागि छुटयाइको ४ हजार ८ सय ३७ टन डिएपीमल आउनुपर्नेमा त्यसको आधामात्र मल आएकाले धान रोप्ने सिजन जान सक्ने भन्दै आएको मलको कोटा छुटयाएर विक्रि वितरण गरिएको कार्यालय प्रमुख सापकोटाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *