जेष्ट ५
प्रदेश सभा बैठकमा सहभागी हुन आउने क्रममा सवारी दुर्घटना हुँदा कोशी प्रदेशका चारजना सांसद घाइते हुनुभएको छ ।
सोमबार दिउँसो ३ बजेबाट प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम थियो ।
सोही बैठकमा सहभागी हुन पाँचथरकी सांसद मैया श्रेष्ठ लावती, एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल तथा मोरङकी नेकपा एकीकृत समाजवादी सांसद विद्या चाम्लिङ एउटै गाडीमा विराटनगर आउँदै हुनुहुन्थ्यो ।
विराटनगर आउने क्रममा पूर्वपश्चिम राजमार्गको कानेपोखरीको जंगलमा दुर्घटनामा परेको हो । ‘बैठकका लागि आउदै थियौं, हाम्रो गाडी दुर्घटना भयो,’ सांसद चाम्लिङले भनिन्नुभयो । , ‘
उहाँका अनुसार विपरित दिशाबाट आउँदै गरेको कारसँग ठोक्किँदा गाडी सडकमा पल्टिएको थियो ।
चारैजना सांसदलाई सामान्य चोट लागेको छ । चारैजना स्वास्थ्य उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुग्नुभएको छ । अर्काे कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएको बताइएको छ ।
सांसद सवार गाडीका चालक भेषराज श्रेष्ठ पनि सामान्य घाइते हुनुभएको छ । दुईवटै गाडीमा सवार भएकाहरूको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।