मुख्यमन्त्री कार्की र स्वीस राजदूत बीच भेटवार्ता

विराटनगर, चैत २६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीजरल्यान्डका राजदूत डा.डनिएल्ले मोन्टेलियोन म्याउलीबिच आज भेटवार्ता भएको छ ।

भेटमा कोशी प्रदेशको विकास र समृद्धि एवं दुई पक्षिय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिनुभयो । स्वीजरल्यान्डका राजदूत डा। म्याउलीले प्रदेश सरकारले पर्यटनमार्फत आर्थिक समृद्धिका निम्ति देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउँदै पर्यटन प्रवर्धनको काम गर्न स्वीजरल्यान्ड तयार रहेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनले लगानीमैत्री वातावरण सिर्जना गर्ने साथै रोजगार प्रवर्धन गर्ने आशा व्यक्त गर्नुभयो । नेपालसँगको दौत्य सम्बन्ध लामो रहेको चर्चा गर्दै उहाँले सङ्घीयतापछि पहिलो पटक कोशी प्रदेश सरकारसँग सहकार्य गरेर आगाडि बढ्न पाएकामा खुसी पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *