दुर्घटना न्युनीकरणका लागि सडक सुरक्षा सचेतना जागरण अभियान शुरु,

कुमोद अधिकारी विराटनगर
११ फागुन,
सडक दुर्घटना न्युनिकरणका लागि मोरङ जिल्लामा सडक सुरक्षा सचेतना जागरण अभियान संचालनमा आएको छ । सार्वजनिक सवारी साधनमा स्टिकर टासगर्दै विराटनगरवाट आज देखि सो अभियान शुरु भएको हो । सडक दुर्घटना न्युनिकरण तथा सडक सुरक्षाका विषयमा सचेतना फैलाउने उदेश्यका साथ प्रत्येक सवारी साधनहरुमा स्टिकर टासगर्दै अभियान शुरु भएको हो ।
विराटनगरको वसपार्कमा एक कार्यक्रमका विच कोशी प्रदेस प्रहरी कार्यालय विराटनगरका प्रमुख एंव प्रहरी नायव महानिरिक्षक राजन अधिकारीकाले सवारी साधनमा स्टिकर टासेर अभियानको शुभारम्भ गर्नु गर्नुभयो ।
नेपाल यातायात मजदुर संघ र नेपाल यातयात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेसले सो अभियान संचालनमा ल्याएका हो । अभियान अन्तर्गत कोशी प्रदेसमा संचालित ५ हजार सार्वजनिक सवारी साधनमा स्टिकर टास्ने लक्ष्य रहेको छ ।
स्टिकरमा म जिम्मेवार यातयात मजदुर समयमा सवारी साधन गन्तव्यमा पु¥याउछु, मादक पर्दाथ तथा लापसे सेवन गरेर सवारी साधन चलाउदिन तथा यात्रुहरु संग नम्र व्यवहार गर्छ भन्ने कुरा उल्लेख गरिएको छ ।


कार्यक्रमको शुभारम्भ गर्नुहुदै प्रहरी नायव महानिरिक्षक अभिकारीले मानविय कारणले सडक दुर्घटना हुने गरेकाले यसलाई न्युनिकरण गर्न सवारी चालकले ट्राफिक नियमको पालना गरेर सवारी साधन चलाउनुपर्नेमा जोड दिनुभयो । उहाले कोशी प्रदेसमा नेपाल प्रहरीले चालु आर्थिकवर्षको अहिले सम्म ट्राफिक सचेतना सम्वन्धि १५ हजार वढि सचेतना कार्यक्रम संचालन गरेको र त्यसवाट ३ लाख वढि लाभान्वित भएको वताउनुभयो ।
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राइले, देशव्यापी रुपमा यो अभियान शुरु भएको र दुर्घटना न्युनिकरणका लागि राज्यले सवारी चालक, सह–चालक तथा श्रमिकहरुलाई प्रशिक्षण दिनुपर्ने वताउनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिका वर्डा न ११ का वर्डा अध्यक्ष तिरथेन्द्र न्यौपाने तथा नेपाल यातयात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष उत्तमकुमार वन्जाराले सवारी दुर्घटना न्युनिकरणमा जोड दिनु भएको थियो
सवारी दुर्घटना न्युनिकरणका लागि नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले प्रदेस स्तरमा विभिन्न सचेतना मुलुक कार्यक्रम संचालन गर्दै आएको र त्यसलाई सहयोग पु¥याउन आफुहरुले अभियान शुरु गरेको यातयात मजदुर हरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *