कुमोद अधिकारी विराटनगर
२५ असार,
ःकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको विकासमा तिनै तहको सरकार विच समन्वय सहकार्य आवश्यक रहेको वताउनु भएको छ ।
वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले विराटनगरमा आज आयोजना गरेको सम्मान कार्यक्रममा उहाले यसक्षेत्रको विकासका लागि आगामी आर्थिकवर्षको नितितथा कार्यक्रमा प्रदेस सरकारले आवश्यक वजेट विनियोजन गरेको वताउनुभयो ।
उहाले नेपालको धार्मिक आस्था र अटुट विश्वास रहेको महाकुम्भ मेलाले राष्ट्रिय भावना, धार्मिक , संस्कृति, पर्यटन एव राष्ट्रिय पूँजीको विकासमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।

कौशिकिक्षेत्रमा लाग्ने महाकुम्भ तथा अर्धकुम्भ मेलाको आफनै एतिहासिक महत्व रहेकाले उहाँले यसक्षेत्रलाई थप व्यवस्थित गर्नसके दुई छिमेकी मुलुक भारत र चीनबाट एक दशकमा एक करोड भन्दा वढी पर्यटक भित्राउन सकिने र धार्मिक पर्यटनक्षेत्रको विकासमा सहयोग पुग्ने वताउनुभयो ।
मुख्यमन्त्री कार्की प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ को रुपमा मनाउन लागेको निर्णय गरेको जानकारी गराउँदै आउँदो असोज महिनासम्म सुनसरीको धरानदेखि बराहक्षेत्रसम्मको सडक कालोपत्रे गर्न लागेको वताउनुभयो ।
प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले यस क्षेत्रलाई धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले महाकुम्भले मुलुकको अर्थतन्त्र चलायमानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्दै सरकारले यस क्षेत्रको विकासका लागि अपनत्व लिई कार्य गर्नुपर्ने सुझाव दिनु भयो । उहाले हालै सम्पन्न महाकुम्भ मेलालाई सफल वनाउन मारवाडी समुदायले तन, मन , धनले ठुलो सहयोग गरेको वताउनुभयो ।
कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, तथा कुम्भ मेला मूल समारोह समितिका उपाध्यक्ष इन्दिरा रिजालले कुम्भ मेलामा विश्वका हिन्दु पर्यटकहरु ठूला सङख््यामा आगमन भएकाले त्यस्को विकासमा जोड दिनुभयो ।
मेला अवधिभर दैनिक निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरुलाई सो अवसर सम्मान एवं प्रमाणपत्र वितरण गरिएको थियो ।

सो अवसरमा विराटनगरमा समाजसेवी सुरेश सर्मा, बासुदेव गोल्यान, बेनिगोपाल मुन्दडा, दिनवन्धु गोयल, ताराचन्द खेतान, देवेन्द्रकुमार राजगढिया, महेश÷आनन्द जाजु, गणपतलाल÷घनश्याम काबरा, किशनलाल÷जतनदेवी दुगड, आशकरण÷नन्दकिशोर राठी, शिवरतन सारडा तथा सारडा परिवार, जगनाथ तोदी, डेडराज तोदी, रामप्रसाद जाजु, लक्ष्मी नारायण, हरिकिशन, अर्जुनकुमार तापडिया, गोल्छा परिवार, नानुराम÷रोशनकुमार तोदी, गोरधन दास, कमला बती, परोपकार प्रतिष्ठानलाई विशेष सम्मान प्रदान गरिएको छ । त्यस्तै उद्योग संगठन मोरङका बरिष्ठ उपाध्यक्ष एवं उद्योगी समाजसेवी नन्दकिशोर राठीलाई समेत सम्मान गरिएको थियो ।
२०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म वराहक्षेत्रको चतराधाममा महाकुम्भ मेला आयोजना भएको थियो । सो मेलामा दुई करोड भक्तजन सहभागि भएको आयोजकले जनाएको छ ।