नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धन २० बर्षसम्म चल्ने भन्नु एक अर्कामा प्रलोभन बाड्ने काम मात्र भएको बताउनुभएको छ ।
ओलीले वर्तमान शासकीय स्वरुपबाटै मुलुकमा राजनितिक स्थायीत्व एंव समृद्धि कायम गर्न सकिने बताउनु भयाे ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शासकीय स्वरुपले दिएको प्रणालीलाई सहि रुपले व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।
अहिलेको शासकीय स्वरुपका प्रणालीमा कुनै व्यवधान नभएकाले सहि रुपमा कार्यान्वयन गर्न दलहरु गंभिर हुनु आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले व्यतिmमा रहेको आचारण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीय स्वरुप पनि सफल हुन नसक्ने बताउनुभयो ।
उहाँले शासकीय स्वरुप परिवर्तन गर्ने विषयमा अहिले हतारिने बेला नभएको र यस्ता विषयलाई ,सल्लाह र समझदारीमा समाधान गर्न सकिने बताउनु भयो ।
मंसिर ४ गतेको निर्वाचन पछि आफनो पार्टीको बहुमत आउने उहाँको दाबी थियो । मुलुकको आर्थिक समवृद्धिका लागी आफनो पार्टी सरकारमा हुँदा उल्लेखनिय काम गरेकाले नेकपा एमाले प्रती जनताको विश्वास बढेको भनाई थियो ।
वर्तमान गठबन्धन मङ्सीर ४ गते पछि नरहने बताउँदै उहाँले ‘एमालेले बहुमत ल्याए पछि गठवन्धन दल खरानीको डल्लो रहेकाे उहाँकाे भनाई थियो ।