सञ्चार तथा सुचना प्रविधि मन्त्री एंव नेपाली कांग्रेस सुनसरी निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीले चुनावी जनलहर आफनो पक्षमा रहेको दाबि गर्नु भएको छ ।
सुनसरीको हरीनगर गाउँपालिका–५ बसन्तपुरमा संचारकर्मीसंग कुरागर्दै आफनो निर्वाचन क्षेत्रमा शिक्षा,स्वास्थ्य विकास निमार्ण लगायत हरेक क्षेत्रमा उल्लेखनिय काम गरेको बताउनुभयो ।
मन्त्री कार्कीले विगत पाँच वर्षमा सो क्षेत्रमा शुरु गरेको कतिपया विकास निमार्ण तथा पुर्वाधारका योजनालाई प”र्णता दिनपनि यसक्षेत्रवाट आफुले पुन उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो ।
आफुले जनताका हरेका समस्या समाधान गरेकाले जनता आफनो पंक्षमा रहेको उहाको दावी थियो ।
संविधानको रक्षा, सवै जातिय समुदायको हक अधिकार स्थापित गर्ने देखी प्रेष तथा अभिव्यक्ति स्वतन्त्रता तथा मुलुकको विकासका लागी पनि आगामी निर्वाचनमा गठबन्धन दललाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो ।