नेपाली कांग्रेस प्रदेस कार्य समिति कोशी प्रदेस सदस्य पदमा साह मनोनित

कुमोद अधिकारी विराटनगर
१० वैसाख,
नेपाली कांग्रेस प्रदेस कार्य समिति कोशी प्रदेसको आमन्त्रित सदस्य पदमा अमरेन्द्रकुमार साह मनोनित हुनु भएको छ । नेपाली कांग्रेसको विधान २०१७ दशौ संशोधन २०७८ अन्र्तगत वनेको नियमावली २०७६ को परिच्छेद –२८ दफा–५६ को उपधारा–२ अनुसार नेपाली कांग्रेस कार्य समिति कोशी प्रदेसका सभापति उद्धव थापाले मोरङ सुनवर्सी नगरपालिका–९ निवासी अमरेन्द्रकुमार साहलाई नेका कोशी प्रदेसको आमन्त्रित सदस्य पदमा मनोनित गर्नु भएको हो ।
नेपाली कांग्रेस प्रदेस कार्य समिति कोशी प्रदेसका सभापति थापाले एक विज्ञेप्ती जारी गर्नुहुदै सो कुराको जानकारी गराउनु भएको हो । आमन्त्रित सदस्य पदमा तपाईले पाउनु भएको जिम्मेवारीले पार्टीले थप उचाई प्राप्तगर्ने विश्वास सहित नेपाली कांग्रेसको विधि र विधान तथा मर्यादा भित्र रहेर पार्टीलाई थप गतिशील वनाउनु हुनेछ भन्ने विश्वास पार्टीले लिएको विज्ञेप्तीमा उल्लेख छ ।


मोरङ निर्वाच क्षेत्र न २ का युवा नेताको रुपमा रहनु भएका साह यस अघि लोसपा नेपालका केन्द्रिय सदस्य तथा सो पार्टीको मोरङ जिल्लाइन्चार्ज हुनुहुन्थ्यो । यस अघिको प्रतिनिधिसभाको निर्वाचनमा सो निर्वाचन क्षेत्रवाट साहले लोसपा नेपालको तर्फवाट वाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष उम्मेदवारी दिदै निर्वाचनमा प्रतिस्पर्धा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *