नझरेका फूलहरु पलेँटी साँझद्वारा पूर्वसांसद सूयर्मा राई सम्मानित

कुमोद अधिकारी
विराटनगर, २० फागुन
नेपाली काँग्रेसका युवा नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई नझरेका फूलहरु पलेँटी साँझद्वारा सम्मानित हनु भएको छ
मोरङको विराटचोकमा आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा उहालाई सम्मानित गरिएको हो ।
राई गीतकार र कवि पनि हुनुहुन्छ । नेपाली कला, साहित्य सङ्गीतका क्षेत्रमा बहुचर्चित गीत, अब्बल कविता र अनेकन् विधामा साहित्यिक रचनाहरुका माध्यमबाट राईले अतुलनीय योगदान दिएको आयोजकले जनाएको छ ।
सकारात्मक सोच र सामाजिक सेवाका लागि निरन्तर सक्रिय भइ समाज रुपान्तर र सांस्कृतिक जागरणमा पनि राईले भूमिका खेलेको आयोजकको भनाई छ ।
उहालाई ब्रिटिस गोर्खा धरानको पेइङ अफिसका कार्यकारी अधिकृत लक्ष्मी मादेन, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, युवा समाजसेवी दुष्यन्त भट्टराई र नझरेका फूलहरु पलेँटी साँझका परिकल्पना, व्यवस्थापन र प्रस्तोतासमेत रहेका केपी घिमिरेले सम्मान गर्नु भएको हो ।
राईले विद्यालय अध्ययनकै बेलादेखि कविता लेखन सुरु गर्नु भएको हो । २०५८ सालमै पूर्वाञ्चलस्तरीय कवि गोष्ठीमा उत्कृष्ट पुरस्कार प्राप्त गरेका राईको ‘रीति’ नामक गीति एल्बम् पनि प्रकाशन भएको छ । उहाका फुटकर लेख रचनाहरु पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
नेपाली साहित्यमा एमएसम्म अध्ययन गरेका राईका बुबा सर्वधन राई र आमा सावित्री राईको निधन भइसकेको छ । मोरङ कानेपोखरी ५ स्थायी ठेगाना भएका राईको जन्म २०३६ साल जेठ ६ गते भएको हो । राई राजनिति संगै विभिन्न समाजिक कार्यमा समेत सक्रिय हुनुहुुन्छ । सम्मान कार्यक्रममा वोल्नुहुदै युवा नेता राईले आफुले पाएको सम्मानले थप प्रेरणा मिलेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *