माइती नेपाल विराटनगरको वार्षिक प्रतिवेदन सार्वजनिक , १४ वर्षको अवधिमा १ हजार ३ सय वढि महिला तथा वालवालिका लाई बेचविखनबाट जोगाएको प्रतिवेदनमा उल्लेख

कुमोद अधिकारी विराटनगर
१३ फागुन
भारतिय महिला तथा वालावालिकाहरु होटलहरुमा मनोरन्जनका लागि सिमानाका भएर नेपालतर्फ आउने क्रम वढेको पाइएको छ । होटलहरुमा मनोरन्जन कार्यका लागि तथा भिख माग्न र अन्य व्यवसायका लागि भारतिय महिला तथा वालवालिका नेपाल आउने क्रम वढेको हो ।
माइती नेपालले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा माइती नेपालका संयाजक विनोद पोखरेलले विराटनगर स्थित जोगवनी तथा विरगन्जको रक्सोल नाका भएर भारतिय महिला तथा वालवालिका आउने क्रम वढेको र उनिहरुका खोजिका लागि अभिभावकहरु नेपाल आउने गरेको वताउनुभयो ।
वालवालिका तथा महिला वेचविखनका लागि नेपालवाट भारततर्फ लैजान बिचौलियाहरुले सामाजिक सन्जालको प्रयोग लगायत नयाँ–नयाँ प्रवृत्ति अपनाउँदा नियन्त्रणमा समस्या हुने गरेको उहाको भनाई छ ।
इ–सेवा मार्फत पैसा पठाएर सामाजिक सन्जाल मार्फत वालवालिकालाई सिमापारी भेटन वोलाउने र विचौलियाले एक्लै गएका त्यस्ता वालवालिकालाई टार्गेटमा राख्ने गरेको पाइएको छ । बिचौलियाले भारतीय सीमानाकासम्म अभिभावक प्रयोग गरेको अध्ययनका क्रममा पाईएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा फ्रि अ गल्र्स, नेदरल्याणको सहयोगमा सञ्चालित ‘अवरोध,उद्धार र न्याय परियोजना’ अन्र्तगत मार्च २०२३ देखि फेब्रुअरी २०२४ सम्मको प्रतिवेदन सार्वजनिक गर्नुहुदै संयोजक पोखरेलले अनेकौ चुनौती र समस्याका वावजुद पनि मानव वेचविखन तथा ओसार पोसार नियन्त्रणमा माइती नेपालले उल्लेखनिय काम गरिरहेको वताउनुभयो ।
एक वर्षको अवधिमा मोरङको सिमानाका वाट ५४ जना उद्धार गरेको माईती नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । विराटनगरबाट ११, सुन्दरहरैचाबाट ८, बेलबारी, रंगेली र रतुवामाईबाट ६–६, सुनवर्षी र धनपालथानबाट ३–३, उर्लाबारी, ग्रामथान, कानेपोखरी र कटहरीबाट २–२, लेटाङ र पथरीशनिश्चरे र बुढीगंगाबाट १–१ जनाको उद्धार गरिएको संयोजक पोखरेलले बताउनुभयो ।


झापा नाकावाट सिमापार गर्दा नागरिक्ता वा परिचय खुल्ने अन्य कागजान आवश्यक पर्ने भएपनि विराटनगर जोगवनी नाकामा त्यस्तो व्यवस्था नहुदा मानव ओसार पोसारमा वढि यो नाका प्रयोग हुन सक्ने उहाको भनाई छ ।
विगत पछिल्लो १४ वर्षमा माईती नेपाल विराटनगरले रानी सिमाबाट एक हजार ३२८ जना महिला तथा बालबालिकाहरुलाई मानव वेचविखनको सम्भावित जोखिमबाट जोगाएको सार्वजनिक तथ्याङकमा उल्लेख छ ।
तथ्याङ्क अनुसार सवैभन्दा बढी सन २०२३ मा १५९ लाई बेचविखन हुनबाट बचाएको हो । जसमा १८ वर्ष भन्दा तलका ४८ जना रहेका थिए । सोही अवधिमा २७ जनालाई भारतबाट उद्धार गरिएको जनाईएको छ ।
सन् २०१० देखि सन् २०२३ सम्ममा ५९० जना महिला तथा बालबालिकाहरु बेपत्ता भएका छन् । जसमा ८७ जना फेला परेको संयोजक पोखरेलले वताउनुभयो ।
यसैगरी विगत एक वर्षको अवधिमा इलाका प्रशासन कार्यालय उर्लाबारीमा रहेको सेवा केन्द्रबाट वैदेशिक रोजगारीमा जाने तीन हजार ७७ महिला सहित सात हजार ३६० जनालाई परामर्श सेवा दिईएको माइती नेपालकी मनोपरामर्शकर्ता गिताञ्जली शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जोगवनी सिमा नाकाबाट भारत तर्फ जाने तीन हजार ९३ महिलाहरुलाई परामर्श दिएको दिएको थियो ।
सन् २०१० देखि सन् २०२३ सम्ममा ५९० जना महिला तथा बालबालिकाहरु बेपत्ता भएका छन् । जसमा ८७ जना फेला परेको माईती नेपाल संयोजक पोखरेलले बताउनुभयो ।
माइती नेपालले विगत एकवर्षको अवधिमा ४ सय ४० जनालाई उद्धार सेन्टर परामर्स पुर्नस्थापना,२३ सय जनालाई दिवशीय कार्यक्रम तथा ५ सय २३ जनालाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको छ । माइती नेपालले वार्षिक ८ हजार २ सय ५० जना लाई सेवाप्रदान गर्ने लक्ष्य लिएकोमा १३ हजार जना वढिलाई सेवा प्रदान गरेको संयोजक पोखरेलको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *