निर्वाचन लक्षित प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगर मा सम्पन्न


कार्तिक १९ शनिवार
आगामी निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ ।
गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को आयोजनामा शनिवार देखी शुरु भएको सुरक्षा गोष्ठीमा प्रदेश न १ का १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।
गोष्ठीको उद्घाटन गर्नुहुर्दै आन्तरिक मामिलातथा कानुन मन्त्री केदार कार्कीले मंसिर–४ गते हुन लागेको निर्वाचन निष्पक्ष, स्वतन्त्र एंव भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।


उहाँले आवश्यकता र भौगोलिक अवस्था हेरेर सुरक्षाको सवै प्रवन्ध मिलाइएको बताउनुभयो । निर्वाचनमा हार जित भन्दा पनि निर्वाचन सफल्ता पुर्वक सम्पन्न गराउदा देशले जित्ने भएकाले त्यसका लागी सवैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
शान्ती सुरक्षाका लागी संवाद पनि महत्वपुर्ण हतियार हुने भएकाले निर्वाचनमा केहि समस्या आए संवाद र छलफल गरेर स्थानिय हरुसंग समन्वय गरी समाधान निकाल्न सुरक्षा प्रमुखहरुलाई उहाले आग्रह गर्नुभयो
गृह मन्त्रालयका प्रवक्त एंव सुरक्षा तथा समन्वय माहासाखा प्रमुख फणिन्द्रमणि पोखरेलले आगामी निर्वाचनका लागी सुरक्षा निकाय अन्तर्गतको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले निर्वाचनका लगाी राज्यको सम्पुर्ण निकाय परिचालन भएकाले निर्वाचनलाई सफल्ता पुर्वक सम्पन्न गर्न सुरक्षा निकाय प्रतिवद्ध रहेको वताउनुभयो । निर्वाचनमा सुरक्षाका लागी देशभर म्यादी प्रहरी सहित २ लाख ५८ हजार ५ सय ७९ सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो । भारतसंग सिमा जोडिएका जिल्लाहरुका सिमा नाकाहरुमा थप सुरक्षा सर्तकता अपनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश वस्नेतले निर्वाचनको प्रदेश स्तरिय सुरक्षा तयारीका बारेमा जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *