विराटनगर महानगरपालिका क्षेत्रमा दुई महिनामा ९० जना डेंगुका रोगी फेला

असोज ३० आइतवार
विराटनगर महानगरपालिका क्षेत्रमा विगत दुई महिनामा ९० जनामा डेंगुका विरामी देखिएका छन । विराटनगरमा भाद्र र असोज महिनमा सो रोगका विरामी उल्लेखनिय रुपमा बढेको पाइएको छन ।
विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा आज आयोजित वहु सरोकारवाला निकायसंग डेंगु रोग सम्वन्धि अभिमुखिकरण कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । डेंगुका विरामी मध्ये ५० जनाभन्दा बढि वाहिरवाट विराटनगरमा डेरावस्दै आएका डेरावालहरु रहेका छन ।
विराटनगरमा डेरा गरेर काम गर्दै आएकाहरुमा डेंगुरोगको प्रकोप वढि देखिएको छ । उधोग तथा कलकारखानामा काम गर्ने खोला किनारमा बसोवास गर्ने तथा राती सुत्दा झुलको प्रयोग नगर्ने तथा वढि आवत जावत गर्ने व्यतिmहरुमा यो रोग वढि देखिएको स्वास्थ्य महासाखा प्रमुख हैदर अलिले वताउनुभयो ।
दुईवर्ष देखी ३५ वर्ष उमेर समुहका मानिसमा यो रोग देखिएको छ । साउन देखी देखा पर्न थालेको यो रोग नियन्त्रण तथा रोकथामका लागी महानगरपालिकाले अभियान संचालन गर्दै आएको छ ।
उहाँका अनुसार डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागी महानगरापलिकाको स्वास्थ्य कर्मीको टोलीले प्रत्येक वडा मा औषधि छर्कने , सरसफाई देखी डेंगुको खोज तलास एंव त्यसका अण्डा, लार्भालाई नष्ठ गर्ने काम गर्दै आएको छ । त्यसैगरि महिला स्वास्थ्य स्वयंम सेविका हरुले घर घर गएर सिटामोल तथा जिवनजल वितरण गरिरहेका छन । यसैगरि डेंगुरोग लागेकाहरुको महानगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुवाट निःशुल्क स्वास्थय परिक्षणको व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा दिएको जानकारी अनुसार त्यस्तै प्रदेश नं १ मा विगत तिन महिनामा डेंगुका १३ सय ७२ केश फेला परेका छन । मोरङ जिल्लामा १३६, सुनसरीमा २८०, तेह्रथुममा १६४, खोटाङमा १५० संखुवासभामा १९२ धनकुटामा ११६, सोलुमा १८, ओखलढुंगामा ५५, ताप्लेजुङमा २० पाचथरमा ४०, तथा इलाममा २ जनामा डेंगु देखिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानवहादुर वस्नेतले डेगु रोकथाम तथा नियन्त्रणका लागी प्रदेश स्तरमा विभिन्न स्वास्थ्य सम्वन्धि जनचेतना मुलक कार्यक्रम संचालन भइरहेको बताउनुभयो ।
कार्यक्रममा डा शंखर अधिकारी तथा प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरका प्रमुख जैवेन्द्र यादवले यो रोग लाग्नवाट बच्न सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *