कुमोद अधिकारी विराटनगर
फागुन, ६ आइतवार
विराट राजवंशी समुदायको १७ औं बृहत भेला विराटनगरमा आज सम्पन्न भएको छ । राजवंशी समाज उत्थान समिति विराट केन्द्रीय कार्यसमितिको आयोजनामा सो समुदायको बृहत भेला आयोजना गरिएको हो ।
आयलनिगम नजिकै आयोजना गरिएको बृहत भेलाको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै मुख्यमन्त्री कार्कीले विराट राजवंशीहरुको आफ्नै मौलिक पहिचान रहेकाले छुट्टै आदिवासीमा सुचिकृत गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकार विराट राजवंशीको पहिचान स्थापितगर्न सम्बन्धित निकायमा सिफारिस गर्ने आश्वासन समेत दिनुभयो
बृहत भेलामा सहभागी वक्ताहरुले विराट राजवंशी जातिले विगत १७ बर्षदेखी उठाउँदै आएको माग सम्बोधन नगरिएकोमा असन्तुष्टि ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै आयोजक संस्थाका केन्द्रीय उपाध्यक्ष प्रदिप बिश्वास राजवंशीले विराट राजवंशीले २०६४ सालदेखी निरन्तर आफ्ना मागहरु राज्य सामु राख्दै आएपनि सुनवाई नभएको बताउनुभयो । उहाँले आदिवासी समुदायमा सुचिकृत गर्नुपर्ने विराट राजवंशीको प्रमुख माग रहेको बताउनुभयो ।

हाल कोच राजवंशी र धानुक राजवंशी समुदाय सुचिकृत रहेपनि आफुहरुसंग ति समुदायका भाषाबोली र संस्कृति समेत नमिल्ने भएकाले विराट राजवंशीकैरुपमा सुचिकृत गर्नुपर्ने उहाले बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले आफुहरुले निरन्तर शान्तिपुर्ण ढंगले समुदायका माग उठाउँदै आएपनि राज्य गम्भिर नभएको बताउनुभयो ।
समितिका जहदाको बभनटोली ईकाई समिति अध्यक्ष सन्तोष राजवंशीले शान्तिपुर्णरुपमा माग राख्दै आएपनि सुनवाई नभएकाले आन्दोलनको आँधीबेरी सृजना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समिति आबद्ध पदाधिकारी सहित विराटनगर,कटहरी,जहदा र बुढीगंगा गाउँपालिका विराट राजवंशी समुदायका ब्यक्तीहरुको सहभागिता थियो ।
कार्यक्रमा विराट राजवंशी कलाकारहरुले नृत्य र गित समेत प्रस्तुत गरका थिए । १७ औ बृहत को संयोजक काशी राम राजवंशी को संयोजकत्यवमा भएको हो । राजवंशी समाज उत्थान समिति को केन्द्रीय अध्यक्ष भुवनेश्वर मणडल राजवंशी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।