कुमोद अधिकारी
मोरङ,६ फागुन
राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा मोरङका जिल्ला समाचारदाता मनोज दाहाल उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुनु भएको छ । राष्ट्रिय समाचार समिति विराटनगरमा आवद्ध भएर लामो समय देखि पत्रकारीता क्षेत्रमा कलम चलाउदै आउनु भएका पत्रकार दाहाल लाइ नगद तथा कदरपत्र सहित सम्मान गरिएको छ । पुरस्कारको राशि २० हजार रहेको छ ।
राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा विराटनगरमा आज आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’ तथा शुभकामना आदानप्रदान कार्यक्रममा कोशी प्रदेस आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले पत्रकार दाहाललाई नगद सहित कदरपत्रद्धारा सम्मान गर्नुभयो ।
कार्यक्रममा वोल्नुहुदै उहाले राष्ट्रिय समाचार समिति(रासस)ले यस प्रदेशमा बोलिने राष्ट्रिय भाषामा समाचार प्रकाशन गर्नु पर्ने आवश्यक्ता औल्याउनुभयो ।
राज्यमन्त्री ुरुङले प्रदेशमा धेरै मानिसले बोलिने थप मातृ भाषाको समाचार प्रशारणमा प्रदेश सरकारले सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।
उहाँले जनताका समस्या सरकारलाई र सरकारका सेवा र सूचना जनतासमक्ष पु¥याउने राससले पुलको काम गरेको भन्दै पिछडिएका एवं गरिबी रेखा मुनिरहेका नागरिकको समाचारलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भयो ।
राज्यमन्त्री गुरुङले प्रदेश सभामा सदस्यहरुले उठाएका जनताका मुद्दाहरु राससले प्राथमिकताकासाथ सम्प्रेषण गरिरहेको बताउँदै सङ्घीयता कार्यान्वयन एवं मुलुकको विकास र समृद्धिमा राससले महत्वपूर्ण भूमिका निर्वाह गरिहेको चर्चा गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष बिक्रम लुइटेलले राससले सम्प्रेषण गर्ने समाचारबाट राज्य र जनता दुबैलाई फायदा भइरहेको बताउनुभयो ।
उहाँले राससले आफ्ना सेवा विस्तार गर्दै अघि बढिरहेको भन्दै राससलाई अझ सुदृढ गर्दै लैजानु पर्ने सुझाव दिनुभयो ।
रासस कोशी प्रदेशका प्रमुख मोहम्मद सदरुलले राससले इतिहासको अभिलेखीकरण, चेतनाको विकास, सभ्यता र संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको थियो । उहाले राससको समाचार विश्वसनिय र सत्यतथ्य हुने भएकाले राससको महत्व वढदै गएको उल्लेख गर्नुभयो ।