असोज २९ शनिवार
पुर्वी मोरङको सुनवर्सी नगरपालिका वार्ड नं. ९ स्थित विपी कोइराला सेवाकेन्द्र द्धारा प्राविधिक शिक्षालय संचालनमा आएपछि गरिव तथा जेहन्दार विद्र्याथीलाई अध्यनगर्न सहज भएको छ ।
तीन वर्ष देखी संचालनमा आएको प्राविधिक शिक्षालयमा सो क्षेत्रका गरिव, विपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थी अध्यनरत छन । प्राविधिक सिक्षालयको स्थापना संगै त्यस क्षेत्रका विद्यार्थी लाइ उच्च शिक्षा हासिलगर्न सहर जानुपर्ने बाध्यता हटेको छ ।
२०७६ सालदेखी सेवा केन्द्रमा संचालित प्राविधिक शिक्षालयमा ४० जना विद्यार्थीले १८ महिने सव ओभरसियर कक्षा निःशुल्क पढन पाएका छन । त्यहा अध्ययनरत दुई व्याजका विद्यार्थीलाई आर्थिक अवस्था कमजोर भएको भन्दै विद्यार्थी वाट कुनैपनि शुल्क नलिएको विपि कोइराला सेवा केन्द्र संचालक समितिका सचिव भोजराज कटेलले वताउनुभयो ।
विद्यालयमा अध्यन गर्न आउने विद्यार्थी प्राय गरिव विपन्न समुदायका हुने गरेकाले विद्यालयले आफनै लागनीमा उनिहरुलाई निःशुल्क शिक्षा प्रदान गरेको उहाँको भनाई छ ।
नेपालमा प्रजातन्त्रको पुर्न स्थापना हुनु अघि सो ठाउमा विपि कोइराला सेवाकेन्द्र स्थापना भएको हो । गाउँका गरिव तथा असहाय विद्यार्थीलाई सहज रुपले शिक्षा प्रदान होस भन्ने उदेश्यले सेवा केन्द्रमा प्राविधिक शिक्षा संचालनमा आएको हो ।
सो प्राविधिक विद्यालयले यस वर्ष देखी डिप्लोमा सिविल इन्जिनियरिङ कक्षा संचालनका लागी सि.टि.इ.भि.टि बाट मान्यता पाएको छ । विद्यालयले तिनवर्षे सिविल इन्जिनियरिङ कोर्ष पुरागर्न १ लाख २० हजार शुल्क निर्धारण गरेको छ । यसवर्ष देखी शुरु हुन लागेको सो कक्षामा ४० जना विद्र्यार्थीले अध्ययन गर्न पाउने छन । त्यसका लागी विद्यालयले विद्यार्थी भना लिदै आएको छ ।
अन्य विद्यालय भन्दा आफनो विद्यालयको शुल्क धेरै कम रहेको विद्यालयका प्राचार्य प्रलाद राजवंशीको भनाई छ । निजि विद्यालयमा यहि कोर्ष ३ देखी ४ लाख तथा मान्यता प्राप्त अरु विद्यालयमा पढदा दुईलाख सम्म शुल्क लाग्ने गरेको उहाँको भनाई छ ।
गाउँघरमा प्राविधिक शिक्षा संचालनमा आएपछि उच्च शिक्षा हासिलगर्न सहज हुने विद्यालयमा भर्ना हुन आउनु भएका विद्यार्थी अन्जु साहको भनाई छ । यहि कोर्ष पढ्न विराटनगर, कटहरी तथा रंगेली जानुपर्ने अवस्थामा आफनै पालिकामा इन्जिनियरिङ कक्षा संचालनमा आउने भएपछि अव कम खर्चमा उच्च शिक्षा हाशिल गर्न पउदा खुशी लागेको उहाँ बताउनु हुन्छ ।
गाउँघरमै प्राविधिक शिक्षालय संचालनमा आएपछि अभिभावक हरु समेत खुशी भएका छन । रतुवामाई नगरपालिका– ७ का गंगा शाहले गाउमै प्राविधिक शिक्षालय संचालनमा आएपछि आफनो छोरीलाई विद्यालय भर्ना गरेको बताउनुभयो । शहरमा छोरा छोरीलाई कसरी पढाउने भन्ने चिन्ता थियो अब गाउघरमै प्राविधिक शिक्षा संचालनमा आएपछि त्यो चिन्ता हटेको उहाँको भनाई छ । सो विद्यालयमा सुनवर्सी, रतुवामाई तथा रंगेली नगरापलिकाका विद्यार्थीहरुले भर्ना हुदै आएका छन ।
विद्यालय संचालनका लागी सुनवर्सी नगरपालिका तथा रतुवामाई नगरपालिकाले आर्थिक सहयोग गरिरहेको र पर्याप्त सहयोग नभएका कारण चन्दा संकलन गरेर विद्यालय संचालन गरिरहेको समितिको भनाई छ । प्रदेश १ सरकार तथा नगरपालिकाको सहयोगका कारण विद्यालय परिसरमा ठुलाठुला पुर्वाधार निमार्णको काम समेत भइरहेको समितिका सचिव कटेलको भनाई छ ।