हामी सबैको युनाइटेट युथ’द्वारा मानवसेवा आश्रममा खाद्य सामग्री वितरण

कुमोद अधिकारी

विराटनगरपुष १ आइतवार

विराटनगर महानगरपालिका वार्ड न –४ जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेट युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । संस्थाले विराटनगर–३ मा रहेका मानवसेवा आश्रमलाई विभिँन्न प्रकारका खादान्न सामाग्री वितरण गरेको हो ।

संस्थाले सय केजी चामल, ५० केजी आलु, २० केजी प्याज, १० केजी दाल, एक कार्टुन विष्कुट, १० केजी फलफुल र ८ केजी आँटा वितरण गरेको छ । देउसी–भैलो कार्यक्रम मार्फत संकलन भएको रकमबाट आश्रममा खाद्य सामग्री वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष विनोद दाहालले जानकारी दिनुभयो ।

संस्थाका सचिव विनोद घिमिरेले आगामी दिनमा पनि आश्रमलाई संस्थाले सकेको सहयोग गर्ने बताउनुभयो । संस्थापक अध्यक्ष दाहाल, अध्यक्ष अच्युत खतिवडा, सचिव विनोद घिमिरे, सनम अधिकारी, सन्तोष अधिकारी, नवरत्न संग्रौला, चुडामणी घिमिरे (गोपाल),तथा विषम दाहाल लगायतको उपस्थितिमा आश्रमलाई खाद्य सामग्री वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *