मोरङ व्यापार सङ्घ विराटनगरद्वारा वडा दशैं, तिहार र छठको शुभकामना आदान प्रदान

असोज १२ वुधवार
प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालीहरुको महान चाड वडा दशैं, तिहार र छठले नेपालीहरुवीच आपसी सद्भाव कायम गरेको बताउनु भयो ।
मोरङ व्यापार सङ्घ विराटनगरद्वारा वडा दशैं, तिहार र छठको उपलक्ष्यमा आज विराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले नेपालीहरुको मौलिक रुपमा रहेको चाडपर्वको संरक्षण गर्नु गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रदेश प्रमुख खापुङ्गले असत्यमाथि सत्यको जीतको रुपमा मनाइने दशैंले सम्पूर्ण नेपालीहरुमा खुशियाली, सुखद जीवनयापनमा सहयोग पु¥याउने धारणा राख्नु भयो । उहाँले विजया दशमी सवै जात जाती समुदाय तथा आफन्तलाई जोडने पर्व भएकाले यसको आफनै महत्व रहेको उहाको भनाई थियो ।
मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले नेपालीहरु वीच आपसी सद्भाव र मेलमिलापमा रुपमा विजया दशमीपर्वको ठूलो महत्व रहेको बताउनु भयो । उहाले यसवर्षको दशै हर्ष उल्लासका साथ मनाउन सवैलाई आग्रह गर्नुभयो ।
शुभकामना आदान कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, निजामती कर्मचारीहरु, उद्योगी, व्यापारी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *