मोरङ्गको सुनबर्सीमा माटो शिविरको आयोजना

कुमोद अधिकारी विराटनगर
मंसिर २६ मंगलवार
कृर्षी ज्ञानकेन्द्र मोरङ्गले मोरङको सुनबर्सी नगरपालिकामा माटो शिविर संचालन गरेको छ । माटोको उर्वरा शक्ति कम हुदै गएको कृषकहरुले गुनासो गरेपछि सुनबर्सी नगरपालिकाको माग अनुसार सो पालिकाको वार्ड नं ६ मा कृषी ज्ञानकेन्द्रले शिविर संचालन गरेको हो ।
शिविरमा सो नगरपालिकाका विभिन्न वर्डाका १ सय १० जना किसानले माटो परिक्षण गराएको थिए । शिविरमा आएको माटो परिक्षणगर्दा माटोमा आम्लियतत्व बढि देखिनुका साथै नाइट्रोजनका मात्रा कम देखिएको र माटोमा पोटासको अवस्था मध्यम रहेको कृषि ज्ञानकेन्द्र मोरङ्गका प्रमुख रामदेव सिंहले बताउनुभयो ।


खेती लगाउने समयमा अत्याधिक मात्रामा रसायनिक मल तथा विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति कमजोड हुदा यो अवस्था आएकाले माटोको उर्वरा शक्ति बढाउन प्रांगारिक मलको प्रयोग गर्न किसानलाई उहाँले सुझाव दिनुभयो । उहाँले माटोको अवस्था हेरेर डिएपी तथा युरियामलको प्रयोग गर्न तथा खेतावारीमा चुनको प्रयोगगर्नुका साथै मल उत्पादनका लागि ढैचाको खेती लगाउन समेत आग्रह गर्नुभयो ।


माटो तथा मल परिक्षण प्रयोगशाला सुनसरी बाट आएका माटो विज्ञहरुले शिविरमा माटो परिक्षण गरेका थिए । कृषि ज्ञानकेन्द्रले विभिन्न पालिकाको आवश्यकता र माग अनुसार माटो शिविर संचालन गरिरहेको छ ।
अत्याधिक रसायनिक मल तथा विषाधी प्रयोगका कारण माटोको उत्पादन क्षमता दिन प्रतिदिन कमजोर बन्दै गएकाले सबै पालिकाहरुमा माटो शिविर संचालन हुनुपर्ने कृषकहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *