एमाले कोशीमा रातभरि मतदान , गणना आज १ बजेपछि

नेकपा एमाले कोशी अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानमा ९ सय ७७ मत खसेको छ।

आइतबार रातभर चलेको मतदानमा ९९७ मध्ये ९७७ जनाले मतदान गरेको निर्वाचन समिति सयोजक चुडामणि आचार्यले बताए। आइतबार राति १० बजेदेखि सुरू भएको मतदान सोमबार विहान ५ बजे सकिएको थियो। आज दिउँसो १ बजेदेखी गणनाको तयारी गरिएको छ। निर्धारित समयभन्दा झन्डै ११ घन्टा ढिलो एमाले कोशी प्रदेश अधिवेशनमा मतदान सुरू भएको थियो । पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय समितिमा ४ सय ५० जनाले प्रतिस्पर्धा गरेका छन।

प्रदेश अध्यक्षका लागि मोरङका घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा हुँदैछ।

दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली र खोटाङका देवान राई प्रतिस्पर्धामा छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *