सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै प्रदर्शन

धरान, । सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाले प्रदर्शन गरेका छन्।

शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तिपूर्ण ¥याली निकालेका विभिन्न हिन्दु संघसंस्था तरहराको पानीपियामा आन्दोलित भएका हुन्।

शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको छ। हिन्दु धर्मावलम्बीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ।

हिन्दु धर्मका अगुवाको नेतृत्वमा निस्केको र्‍यालीमा हजारौं सर्वसाधारण सहभागी छन्। धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो।

हिन्दु धर्मावलम्बीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन्। एक धर्मावलम्बीहरुले अर्को धर्मावलम्बीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यतिबेला आन्दोलन चर्किंदै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *