कुमोद अधिकारी विराटनगर
जेठ ३ वुधवार
कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन नियमावली मस्यौदामाथी सरोकारवाला संग छलफल एंव सुझाव संकलन गरेको छ । मन्त्रालयको आयोजनमा सरोकारवाला संग छलफल गरेको हो ।
प्रदेश स्तरिय छलफल कार्यक्रमा वनसंग सरोकार राख्ने सामुदायिक तथा साझेदारीवनका अध्यक्ष, निजीवन संन्जालका अध्यक्ष, निर्माण व्यवसायी,काष्ठ ब्यवसायी तथा विज्ञको सहभागिता थियो ।

कार्यक्रममा पर्यटन वन तथा वातावरण मन्त्री जिवन आचार्यले वन नियमावली लाई उत्कृष्ट बनाउन सरकारवालासंग छलफल एंव सुझाव संकलन गरिएको बताउनुभयो । कार्यक्रमबाट आएका सुझावलाई नियमावलीमा समेटेर त्यसलाई अन्तिम रुपदिदै मन्त्री परिषदबाट पास हुने छ ।
मन्त्रालयका सचिव डा. सन्जीव कुमार राईले सरोकारवाला हरुबाट आएका सुझालाई वुदागत रुपमा छलफल गर्दै त्यसलाई अन्तिमरुप दिइने बताउनुभयो । कार्यक्रममा वन क्षेत्रको दिगो व्यवस्थापनका लागि तथा स्थानीय स्तरमा देखिएका समस्याहरुका बारेमा सरकारवालाहरुले विभिन्न सुझाव दिएका थिए ।
मन्त्रालयले पहिलो चरणमा नियमावली माथी प्रदेशका विभिन्न जिल्लाका वन कार्यालयका प्रमुखहरुसंग छलफल गरिसकेको मन्त्रालयका प्रमुख स्वकीय सचिव इश्वरीप्रसाद आचार्यले बताउनु भयो ।