योग शिक्षा अहिलेको आवश्यता मुख्यमन्त्री कार्की

विराटनगर,१०चैत । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय वुढीगंगाका कुलपति हिक्मतकुमार कार्कीले योग शिक्षा अहिलेको आवश्यता भएकाले योगशिक्षा वारे सवैलाई जागृत गराउनुपर्ने बताउनु भएको छ।
मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगंगाद्वारा विराटनगरमा आज आयोजित स्वास्थ्य नीति तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले आहार, विहार र योगले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने वताउनुभयो । स्वस्थ्य जीवन यापनका लागि योग आवश्यक रहेको उहाको भनाई थियो ।
मुख्यमन्त्री कार्कीले स्वस्थ्य र समवृद्ध नेपाल वनाउन युवा पुस्तालाई योग र आहार सम्वन्धमा ज्ञान प्रभा गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्राविधिक विश्वविद्यालयले योगशिक्षा अध्यापन सम्बन्धमा दक्ष शिक्षक तथा विद्यालयवाट उत्पादन हुने जनशक्ति बजारमा जोड्न वृहत छफलफल एवं अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नागरिकलाई स्वस्थ्य राख्नका लागि प्राकृतिक चिकित्सा तथा योग विज्ञानका सम्वन्धमा अध्ययन अध्यापन गराउन प्रदेस सरकारले विश्वविद्यालयलाई सहयोग गर्ने उहाले वताउनुभयो ।
विश्वविद्यालयका उपकूलपति सुभाषश्री पोखरेलले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगारीको सृजना गनुपर्ने वताउनुभयो ।
कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले मुलुकमा आवश्यक पर्ने प्राविधिकतर्फको जनशक्ति उत्पादनमा विश्वविद्यालयले थप अनुसन्धान गर्नुपर्ने सुझाव दिनु भयो ।
सो अवसरमा डा जनक बस्नेतले प्राकृतिक चिकित्सा तथा योग विज्ञान , डा दिपेन्द्र श्रेष्ठले अस्पतालमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन तथा उच्च शिक्षाको शैक्षिक पाठ्यक्रम निर्माण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *