प्रदेश १ को प्रदेशसभा बैठकमा दुई वटा अध्यादेश प्रस्तुत, एउटा नियमावली पारित

विराटनगर, प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश प्रस्तुत एउटा नियमावली पारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेशप्रस्तुत र प्रदेशसभा नियमावली २०७४ (संशोधन सहित) पारित गरेको हो ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवाअध्यादेश २०७९ टेवुल भएको छ । कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताउनुभयो ।
हामीले राजनीति सङ्घीयता र वित्तीय सङ्घीयताकार्यान्वयन गरिरहेका छौँ, हामी आफै बजेट बनाउने तथा कार्यान्वयन गर्ने गछौं तर, प्रशासनिक रुपमा कर्मचारीलाई ढुक्क भएर काम गर्ने वातावरण तयार गर्नका लागि प्रदेश निजामती सेवाअध्यादेश २०७९ सदन नभएको बेला आवश्यक देखिएकाले ल्याएकाहौँ ।’
सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवाअध्यादेश २०७९ र केही प्रदेश ऐन संशोधन अध्यादेश २०७९ जारी गरेको थियो । आइतबारको बैठकले केही प्रदेश ऐन संशोधन अध्यादेश पनि टेवुल गरेको छ ।
आइतबारको बैठकले तत्कालीन वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा प्रदेश सभा सदस्य शेखरचन्द्र थापाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । अब अर्को बैठक आगामी पौष २५ गते दिनको १ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *