विराटनगर,- पाठकले रुचाएपछि लेखक मेघनाथ रिजाल द्धारा लिखित “व्यावहारिक प्रश्न वैज्ञानिक उत्तर” को दोस्रो परिमार्जित संस्करण बजारमा आएको छ । लामो समय शिक्षण पेशाको अनुभव, खोज,अनुसन्धान ,ज्ञानको उपयोग गदै शिक्षण पेशाबाट सेवानिवृत्त भएपछि लेखक रिजालको “व्यावहारिक प्रश्न वैज्ञानिक उत्तर” पुस्तक प्रकाशित भएको थियो । विराटनगर बाट प्रथम संस्करण प्रकाशन भएकोमा पाठकले अत्याधिक रुचि देखाए पछि परिमार्जित दोस्रो संस्करण काठमाण्डौको पैरवी बुक हाउस प्रा.लि बाट प्रकाशन भएको छ ।
जिज्ञासु उमेरका विद्यार्थीहरुले पटक पटक सोधिरहने र त्यसको चित्तबुझ्दो र सही उत्तर नपाउने ,नेपाली समाजमा दैनिक कामकाजको क्रममा आम मानिसहरुको मन,मस्तिष्कमा आइरहने अनेकौँ व्यावहारिक प्रश्नहरुलाई यो पुस्तकमा सरल भाषामा खोजमूलक उत्तर दिइएको उहाँको भनाइ छ । पाठकको के–कस्ता जिज्ञासा यस पुस्कत बाट मेटिन सक्छन ? भन्ने प्रश्नमा भन्नुभयो जस्तै बिशेषतः हामीले खान नजानेर,हाम्रै शरीरका अङ्गहरुले गर्ने कार्य नचिनेर ,समय अनुसार गर्नु पर्ने ब्यवहारको अभाव, हाम्रा वरिपरि रहेका वस्तुहरुको बारेमा जानकारी विना नै बाँचिरहेका छौँ । यसले हामीलाई धेरै रोगको शिकार, गरिएका योजना अनुसार काम नबन्दा जीवन प्रतिनै दिक्दारी,दैनिक ब्यबहारमा दुःख दिइरहेको छ । यसैलाई हामी दैवले ठगेको ,समयको खेल ,पुर्वजन्मको श्राप जस्ता उपमा दिएर बस्न बाध्य छौँ । मानव शरीरको वनावट,पोषण के हो ? शरीरका हरेक अंङ्गले कसरी काम गर्छन ? कुनैकुनै वोटविरुवामा फल के कारण ले लाग्दैन ? ब्यवहारिक जीवनमा कसरी काम गर्ने ? भुतप्रेत के हो ? तर्साउने के हो ? निन्द्रा र सपना के हुन ? सपनामा ऐठन कसरी हुन्छ ? मानिसको उत्पति कसरी भयो ? ईश्वरको उत्पति र विकास कसरी भयो ? के गर्दा अन्धविश्वास हुन्छ ? आदि लगायत का चार खण्डमा विभाजित ३२५ वटा विविध प्रश्नहरु र तिनका सरल ढंगले विज्ञानले प्रमाणीत गरेका उत्तरहरुलाई यस पुस्तक मा समेटिएको छ ।
यस्ता प्रश्नहरुको उत्तर यो एउटै पुस्तकमा पढन पाउनु आम विद्यार्थी ,शिक्षक, अभिभावक विभिन्न पेशा र ब्यवशायका मानिसहरु लाइ ब्यबहारिक जीवनयापन गर्ने मानिसको लागि ठुलो उपलब्धि रहेको भन्दै विभिन्न क्षेत्र बाट पुस्तकको माग हुन थालेपछि आफुलाई थप प्रोत्साहन मिलेको रिजालले बताउनुभयो । विज्ञानसंग सम्बन्धित प्रश्नहरु लाई विभिन्न रेडियो,टेलिभिजन, पत्रपत्रिका ले विशेष कार्यक्रम नै बनाएर प्रकाशन, प्रसारण गर्ने गरेका छन । तर एउटै पुस्तकको पढाइबाट विभिन्न क्षेत्रको ज्ञान हासिल गर्ने खालका पुस्तक पाउन कठिन छ । त्यो आवश्यकता लाई यो पुस्तकले चित्तबुझ्दो जवाफ दिएकै कारण पाठकले मन पराएको उहाँको भनाई छ । विराटनगर बाट सिमित रुपमा प्रकाशन भएको पुस्तक जती पाठकको हातमा पुग्यो अत्यन्त उपयोगी,ज्ञानवद्र्धक सबै विद्यार्थी तथा उमेर समुहका मानिस लाई उपहारको रुपमा दिन मिल्ने पुस्तक भन्दै प्रतिक्रिया आउन थालेपछि काठमाण्डौ बाट प्रकाशन गरी देशै भर पु¥याउने लक्ष्य रहेको रिजालले बताउनु भयो ।
आफू विज्ञान विषयको विद्यार्थी र आफनो जीवनको ४२ वर्ष विज्ञान शिक्षक , प्रशिक्षक तथा स्रोतब्यतिmको रुपमा बिताएको र आम विद्यार्थीहरुले राखेका जिज्ञासा,विज्ञान विषयका शिक्षक तथा आम अभिभावकहरुको भावना बुझेर प्रश्न तथा उत्तरहरुको संकलन गर्दा देखिकै मेहनत पुस्तकमा रहेको उहाँको भनाइ छ ।