पुष्पलाल चोकमा महालक्ष्मी कलर हब सञ्चालनमा

कुमोद अधिकारी
१८ भदौ ,
विराटनगर । महालक्ष्मी कलर हब विराटनगरको पुष्पलाल चोकमा आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । विराटनगरको उत्तरी क्षेत्रका ग्राहकलाई लक्षित गर्दै कलर हब सञ्चालनमा ल्याइएको हो ।
महालक्ष्मी पेन्ट्सको आधिकारिक बिक्रेता महालक्ष्मी कलर हबका सञ्चालक युवराज अधिकारी (राजन) र कृष्ण भट्टराई रहेका छन् । उत्तरी क्षेत्रका ग्राहकलाई रंग तथा यससँग सम्बन्धित सामाग्री खरिदका लागि सहजता प्रदान गर्ने उद्देश्यले कलर हब सञ्चालनमा ल्याइएको सञ्चालक अधिकारीले बताउनुभयो ।
विराटनगरको उत्तरी क्षेत्रमा बढ्दै गएको बजार तथा ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर पुष्पलाल चोकमा व्यवसाय सञ्चालनमा ल्याइएको उहाहरुको भनाइ छ ।


स्थानीय ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने र आवश्यकताअनुसारका रंग तथा सामग्री उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालकहरूले बताएका छन् । नेपालमै उत्पादन भएको महालक्ष्मी कलर घरको बाहिरी भित्तालाई झरी, घाम र ओसबाट जोगाउने मौसक प्रतिरोधी रहेको जनाइएको छ । यस्तै यो रंगको प्रयोगले घरका भित्ताहरूलाई आकर्षक फिनिसिङ दिने र बच्चाहरूले लगाएको दाग र धब्बालाई पुछेर सजिलै हटाउन सकिने यसको विशेषता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *