संचारग्राममा कार्यरत प्राविधिक अधिकृत ठन्दारको सडक दुर्घटनामा मृत्यु

कुमोद अििधकारी
भदौ २४,
विराटनगर । विराटनगर स्थित तारिणिप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालमा कार्यरत प्राविधिक अधिकृत प्रकाशलाल ठन्दारको हिजो सांझ सडक दुर्घटनामा मृत्यु भएको छ ।
कार्यालय वाट सुनसरीको गडिगाउपालिका–२ कोर्लहवा स्थित घर फर्कने क्रममा सुनसरीकै दुहवी नगरपालिका–११ मा रहेको नहरको कल्र्भडमा हिजो सांझ सातवजे उहा सवार मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
कल्भर्डवाट तल नहरमा खस्नु भएका उहालाई दुर्घटना पछि विराटनगर स्थित विराट टिचिङ अस्पतालमा उपचारका लागि लगिएकोमा प्राविधिक अधिकृत ठन्दारको मृत्यु भएको तारिणिप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपाल विराटनगरको प्रमुख वलराम चौधरीले जनाकारी दिनुभयो । हिजो सांझ वर्षा भएकाले घर पुग्नु दुई किलोमिछर अगाडीको कल्र्भडमा उहाको मोटरसाइकल मोडिने क्रममा सो दुर्घटना भएको थियो ।
५७ वर्षिय ठन्दारको एक श्रीमती हुनुहुन्छ । उहाको छोराको केहिवर्ष अघि क्यानडामा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *