कुमोद अधिकारी
१ भदौ,
विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनका लािग भएको तीन बुँदे सहमतिसँगै कोशी प्रदेश सरकारमा नेकपा सहभागि भएको छ । दुवै पार्टी विच भएको सहमति बमोजिम आज नेकपा औपचारिक रूपमा प्रदेस सरकारमा सहभागी भएको हो ।
कोशी प्रदेसका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले मन्त्रीमण्डल विस्तार एंव परिमार्जन गर्दै नवनियुक्त मन्त्रीहरुको कार्य विभाजन गर्नु भएको हो ।
नेकपाका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून, गीता तिसिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, नेकपाले सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिएको छ ।
नेकपाले सरकारमा चार वटा मन्त्रालयका लागि पाँच जनालाई सरकारमा पठाएको छ । नेकपाबाट नियुक्त भएका पाँच जनामध्ये तीन जना महिला रहेका छन् ।

कोशी प्रदेस सरकार विस्तारसँगै नेकपा एमालेबाट मन्त्री बनेका केही मन्त्रीको जिम्मेवारीमा हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको नयाँ जिम्मेवारी तोकिएको छ । त्यस्तै, उमाकान्त गौतमलाई आन्तरिक मामिला कानुन राज्य मन्त्रीवाट परिवर्तनगरि उहालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत रहेको छ ।
नवनियुक्त मन्त्रीहरूलाई आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराउनुभयो । सोही अवसरमा राज्यमन्त्रीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराउनुभएको थियो ।