कुमोद अधिकारी
७ साउन,
विराटनगर । विराटनगर स्थित कृषि समाग्री कम्पनी लिमिटेड प्रादेसिक कार्यालयमा युरिया तथा डिएपीमल आउन शुरु भएको छ । धान रोपाईका लागि नेपाल सरकारले खरिद गरेको युरिया तथा डिएपी मल कार्यालयमा आउन शुरु भएको हो ।
कार्यालयका प्रमुख कमल पोखरेलका अनुसार कोशी प्रदेसका लागि नेपाल सरकारले छुटयाएको ८ हजार ५ सय मेट्रिक टन युरिया तथा ८ हजार पाच सय मेट्रिकटन डिएपी मल कार्यालयमा आउने क्रम शुरु भएको हो ।
पहिलो लटमा २५ सय ७५ मेट्रिक टन युरिया र सोही मात्रामा डिएपी कार्यालयमा आउने र वाकि मल वाटोमा आउदै गरेको तथा कतिपय मल विराटनगर भन्सार कार्यालयमा आइसकेको कार्यालय प्रमुख पोखरेलको भनाई छ ।
आजवाट आउन शुरु गरेको मल आउदो सोमवार वाट विक्रि वितरण शुरु हुने जनाइएको छ । प्रदेस मल वितरण व्यवस्थापन समितिको व्रठकले कोशी प्रदेसका स्थानियतह लाई मलको कोटा छुटाएपछि मलको विक्रि वितरण प्रक्रिया शुरु हुने छ ।
यस वाहेक नेपाल सरकारले खरिद गरेको युरिया तथा हिएपी मल निरन्तर आउने क्रम शुरु भएकाले कोशी प्रदेसमा अव मलको अभाव नहुने कार्यालय प्रमुख पोखरेलको भनाई छ । धान रोप्न र रोपेपछि आवश्यक पर्ने युरिया तथा डिएपी मल निरन्तर आउन थालेकाले मलको अभाव नहुने उहाको भनाई छ ।
कार्यालयले धान रोपाइका लागि यस अघि वफरमा छुटयाएको पहिलो र देश्रो चरणमा गरि दुई पटक सहकारी तथा मल विक्रिकेन्द्र मार्फत किसानलाई युरिया तथा डिएपीमा विक्रि वितरण गरि सकेको छ ।
धान रोप्ने यो सिजनमा युरिया तथा डिएपी मल अत्यन्त आवश्यक हुने भएकाले कार्यालयले विक्रि गरेको मल आवश्यक मात्रामा किसानले पाउन सकिरहेका थिएनन । तर अव मल आउन थालेपछि आफुहरुले सहज रुपमा मल पाउने किसानको भनाई छ ।