कुमोद अधिकारी
२ जेठ,
विराटनगर । २०८२ सालको एसईई परिक्षा उत्तिर्ण विद्यार्थीलाई विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले अभिनन्दन गरेको छ ।
स्कुलको आयोजनामा विराटनगगरमा आज भएको कार्यक्रममा विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला शिक्षा समन्वय समितिका प्रमुख शालिग्राम दाहाल र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले खादा लगाएर र सम्मानपत्रले अभिनन्दन गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी दाहालले एभरेष्ट स्कुलले दिएको शैक्षिक वातावरण उत्कृष्ट रहेको बताउनुभयो । विद्यालयको शैक्षिक वातावरण, विद्यार्थीको मेहनत, अभिभावकको चासो र शिक्षकहरुको सिकाउने कलाले नै उत्कृष्ट रिजल्ट सम्भव हुने भन्दै उहाँले एभरेष्टमा सबै क्षेत्रको उत्कृष्ट संगम रहेको प्रमाणित हुने बताउनुभयो । उहाँले शतप्रतिशत उत्तिर्ण भएका विद्यार्थीलाई बधाई दिँदै उज्वल भविष्यको समेत कामना गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थी तथा अभिभावकलाई बधाई दिँदै कक्षा ११ र १२ को अध्ययन भनेको पूर्व विश्वविद्यालयको कोर्ष रहेकाले रुचि अनुसार गर्न सुझाव दिनुभयो ।
उहाँले एभरेष्टका विद्यार्थीहरुले कुनैपनि क्षेत्रमा असफल हुनु नपर्ने भन्दै सबै क्षेत्रमा सफल बनाउने गरिको शैक्षिक वातावरण तयार पारिएको बताउनुभयो ।

प्रिन्सिपल पुरीले भन्नुभयो,‘हामीले एभरेष्टलाई एउटा ब्राण्ड बनाइसक्यौं, अब हामी जीपीएको पछि पद्दैनौं ।’ उहाँले एभरेष्टका शतप्रतिशत विद्यार्थीको ३.२५ भन्दा माथी जीपिए आउनु यसकै उदाहरण भएको बताउनुभयो । हाम्रा विद्यार्थी सबै क्षेत्रमा अब्बल छन्, पुरीले भन्नुभयो,‘पढाईमा होस या अनुशासनमा । अन्वेशषणमा होस वा प्रस्तुतीमा ।’ विश्वका विभिन्न मुलुकमा समेत पुगेर हाम्रा विद्यार्थीले आफ्नो अब्बलता प्रमाणित गरिरहेको भन्दै उहाँले एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई सकेसम्म कक्षा १२ सम्मको अध्ययन एभरेष्टमा नै गर्न समेत आग्रह गर्नुभयो । उहाँले एभरेष्टमा यसै वर्षदेखि काठमाडौं विश्वविद्यालयको बीआईटी कोर्ष समेत सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल टीएन भण्डारीले एभरेष्टले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि खेलिरहेको भूमिकाको चर्चा गर्दै एसईई २०८२ को नतिजामा विराटनगरको अवस्था समेत प्रष्ट्याउनुभएको थियो ।उहाँका अनुसार एभरेष्टका १९३ जना विद्यार्थीहरु निम्नानुसारको जीपीए ल्याएर उत्तिर्ण भएका छन् ।