अपाङगता भएका व्यक्तिका लागि जुत्ताचप्पल उत्तपादन सम्वन्धि तालिम

कुमोद अधिकारी
१ जेठ ः
विराटनगर । मेरुदण्ड पक्षघात भई अपाङगता भएका व्यक्तिहरुलाई आयआर्जन संग जोडिेर स्वरोजगार वनाउने उदेश्यले जुत्ताचप्पल उत्पादन सम्वन्धि व्यवसायिक तालीम आज देखि विराटनगरमा शुरु गरिएको छ ।
विराटनगर महानगरपालिका, साथी फुटवेयरउद्योग विराटनगर , राष्ट्रिय अपाङग महासंघ नेपाल कोशी प्रदेस र सामथ्र्य समाजद्वारा आयोजित एक महिने तालिममा १७ जना अपाङगता भएका व्येक्तिहरुको सहभागिता छ ।
उनिहरुलाई बजारमा आएका नयाँ नयाँ डिजाइनका जुत्ता चप्पल निर्माण सम्बन्धी तालीममा दिइने छ ।अपाङगता व्यक्तिलाई तालीम प्रदान गरी दक्ष बनाइ स्वरोजगार बनाउनु तालीमको उद्देश्य रहेको छ ।
अपाङगता व्यक्ति विगतमा सीमावर्ती भारतीय बजारवाट समान ल्याइ विराटनगर लगायतका वजारमा विक्री गरी हातमुख जोर्ने गरेका थिए ।
अहिलेको अवस्थामा सरकारद्वारा एक सय भन्दा वढीका सामान भारतबाट ल्याउदा राजश्व दिनुपर्ने नियमले समस्या भएकोले उनिहरुलाई स्वरोजगार एव आत्मनिर्भर वनाउन तालीम आयोजना गरिएको साथी फुटवेयरका अध्यक्ष संजय दर्नालले बताउनु भयो ।
अपाङगता व्यक्तिहरुलाई बजारको ज्ञान भएकाले उत्पादिन सामाग्री बजारीकरणको कुनै समस्या नरहेको अपाङग संघका सरोज नेपालीको भनाई छ ।
सो अवसरमा महासंघ कोशी प्रदेसका सचिव गोपालमान थापा,सामथ्र्यका अध्यक्ष चेतनाथ पोखरेल,सञ्चारकर्मीहरु नवराज कट्टेल, इन्दिरा भट्टराई , नवीन कर्ण,प्रशिक्षकहरु मालती आचार्य र मुना खडका लगायतले तालीमले अपाङगता भएका व्यक्तिलाई स्वरोजगार वनाउन सहयोग पुग्ने वताउनुभयो ।
तालीमका सहभागीहरुलाई व्यवसाय संचालनका लागि बीउ पूँजीको व्यवस्था गर्ने उहाहरुले वताउनुभयो ।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *