कुमोद अधिकारी
१५ वैशाख,
विराटनगर । कोशी प्रदेसका पर्यटन, वनतथा वातावरण मन्त्री भिम पराजुलीले आवश्यक निति वनाएर कोशी प्रदेसको पयटनक्षेत्रको विकासमा सरकार अघि वढेको वताउनु भएको छ ।
कोशी प्रदेसको पर्यटन प्रवद्धन सम्वन्धि विराटनगरमा आज आयोजित सराकारवालासंगको अन्तरक्रिया कार्यक्रमा उहाले सातवटै प्रदेस मध्ये कोशी प्रदेस पर्यटनका लागि सवैभन्दा धेरै संभावना वोकेको प्रदेस भएकाले याहाको पर्यटकिय स्थलको वारेमा जानकारी गराउन प्रचार प्रसार आवश्यक रहेको वताउनुभयो । डिजिटल प्लेटफमको प्रयोग गरेर कोशी प्रदेसको पर्यटकिय स्थलको वारेमा जानकारी गराउनु पर्नेमा उहाले जोड दिनुभयो ।
कोशी प्रदेसमा घुम्न आउने पर्यटकहरुका लागि वातावरणिय तथा शान्ती ुसुरक्षा पहिलो शर्त भएको वताउदै उहाले पर्यटकिय गन्तव्य स्थलको वातवरणको अवस्था कस्तो छ भन्ने जानकारी दिन तथा पर्यटकलाई कुनै प्रकारका समस्या भए त्यसलाई तत्काल संवोधन गर्न मन्त्रालयले पर्यटक हटलाइन सेवा संचालन गर्न लागेको वताउनुभयो । सो हटलाइनमा १५ देखि ९० वटा कल एकै पटक रिसिव गर्न सकिने छ ।

मन्त्री पराजुलीले पर्यटकहरुको सुविधाका लागि प्रत्येक पर्यटकिय गन्त्वयहरुमा डेस्क राखेर पर्यटन प्रहरीको व्यवस्थ ागर्न लागेको जानकारी दिनुभयो ।
विराटनगरवाट पहाडी जिल्लाहरुमा माउण्टेन फलाइट संचालनका लागि संघ तथा स्थायिन सरकारसंग समन्वय गरिरहेको मन्त्री पराजुलीको भनाई थियो । विराटनगर विमानस्थलको अहिलेको पुर्वाधारवाट पनि भारतका विभिन्न ठाउमा विमानसेवा संचालन गर्न सकिने उहाको भनाई थियो ।
सो अवसरमा पर्यटन व्यवसायीहरुले भारतवाट आउने पर्यटकहरुलाई गन्तव्य सम्म पुग्न ठाउठाउमा धेरै समस्या भोग्नु परेकाले त्यसतर्फ प्रदेससरकारको ध्यान दिनुपर्ने वताएका थिए ।
उधोगी पवन सारडा, भिम घिमिरे तथा होटल व्यवसायी राजन श्रेष्ठले पर्यटकलाई लक्षितगर्दै कोशी प्रदेसका पहाडी क्षेत्रमा ठुलो लगानीमा खुलेका होटलसम्म सहज रुपले पुग्न सडक तथा पुर्वाधारको विकासमा जोड दिनुपर्ने वताउनुभयो ।