कुमोद अधिकारी
१४ वैसाख,
विराटनगर । आन्तरिक तथा वाह्रय पर्यटकहरुको राजाईमा परेका कोशी प्रदेसका होमस्टेले आफनो सेवा परिष्कृत गर्न थालेका छन । हिडेर पुग्न पर्नेठाउमा पुर्वाधारको विकाससंगै अहिले घरघरमा संचालनमा आएका होमस्टे सम्म यातयाताको सुविधा पुगेपछि पर्यटकलाई लक्षित गर्दै होमस्टेले सेवा विस्तार गर्न थालेका हुन ।
सेवा विस्तार भएसंगै परम्परगत काठका घरमा संचालनमा आएका होमस्टेमा पक्कि संरचना निमार्ण हुन थालेका छन । होमस्टेको सेवा समय अनुसार परिमार्जित हुन थालेपछि होमस्टेका घरमा वातानुकुलित कोठा , ऐटेच वाथरुम, इन्टरनेटको सुविधा, कोठाहरुको डेकुरेशन तथा होमस्टेमा पाइने खानेकुराको स्तरमा समेत वृद्धि हुन थालेको छ ।
पर्यटकहरुको चाहना अनुसार समय अनुसार होमस्टेको सेवा परिवर्तन भएको होमस्टे महासंघका केन्द्रिय उपाध्यक्ष एकराज घिमिरेको भनाई छ । उहाका अनुसार होमस्टे सेवामात्र नभएर व्यापार पनि भएकाले होमस्टेमा आउने पर्यटकहरुले के चाहन्छन भन्ने कुरा उनिहरुले सिकाउदै गएपछि समय अनुसार होमिस्टे सेवा विस्तार गरिएको हो ।
पछिल्लो समय होमस्टेप्रति पर्यटकको आकार्षण वढेसंगै होमस्टेमा आउने पाहुनाहरुका कारण महिलाहरुको आयस्तरमा समेत वृद्धि हुन थालेको छ । होमस्टेमा वास वस्न आउने पर्यटकहरुको शख्या वढनाले वासवसे वापत आउने पैसाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम वनाएको इलामको श्री अन्तुमा संचालित श्रीअन्तु होमस्टेका संचालक गडिया आलेको भनाई छ ।

२०५२ सालदेखि होमस्टे संचालन गर्दै आएको र होमस्टे संचालनमा आएपछि श्रीअन्तुमा वाटोघाटो, विजलीवत्तीको सुुविधा वढनुका साथै स्वास्थ्यसेवामा समेत यसक्षेत्रका मानिसको सहज पहुच पुगेको उहाको भनाई छ ।
श्रीअन्तुमा ६० देखि ६५ वटा होमस्टे संचालनमा रहेका छन । श्रीअन्तुमा आन्तरिकतथा वाह्रय गरि अढाई लाखको हाराहारीमा पाहुनाहरु आउने गरेका छन । त्याहाका अधिकांस होमस्टे महिलाहरुले संचालन गर्दै आएका छन । जस्का कारण होमस्टे वाट आउने पैसाले महिलालाई आर्थिक रुपमा सक्षम वनाएको छ । होमस्टे संचालनमा आएपछि महिलाहरुले रोजगारी पाएका होमस्टे संचालक गुडिया आलेको भनाई छ ।
यसैगरि श्रीअन्तुका अर्का होमस्टे संचालक दुर्गा तामाङले ४० जना वस्न सक्ने क्षमता रहेको आफनो होमस्टेमा नेपाल, भारत तथा साउदीवाट समेत पाहुनाहरु वास वस्न आउने गरेको सुनाउनुभयो । पहिले आर्थिक अवस्था कमजोड हुदा दुख थियो तर विगत आठवर्ष देखि आफैले होमस्टे संचालन गरपछि अ आर्र्थिक रुपमा संक्षम वनाएको उहाको भनाई छ ।
मोरङको सुन्दरहरैचावाट श्रीअन्तु घुम्न आउनु भएको आकास चौधरीले होमस्टेवाट सवै प्रकारको सेवा वाट सन्तुष्ट भएको वताउनुभयो ।
श्रीअन्तु घुम्न परिवार सहित आउनु भएको विरगन्ज महानगरपालिका¥ ५ का सुशिल सिंह क्षेत्रीले पनि श्रीअन्तुको होमस्टे दिने सेवा र उनिहरुको व्यवहार सकारात्क रहेको वताउनुभयो ।
आफनो सेवालाई नया ढंगवाट संचालन गर्न थालेपछि होटल सरहको सेवा पाउन होमस्टेमा सहज भएको छ । समय अनुसार परिवर्तन गर्दैजादा क्रितिम संरचना निमार्र्णले होमस्टेका मौलिक, सस्कृति तथा प्राकृतिक सांैन्दर्यतामा असर पर्ने हो की भन्ने चिन्ता उत्तिकै छ । त्यसकारण होमस्टेको मौलिक सस्कृत, रहनसहन , खानपान र होमस्टको पहिचान जोगाई राख्न तिनै तहको सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।