बुढीगंगा गाउँपालिकाले सर्वाधिक राशी सहित प्रथम वुढीगंगा गोल्डकप–२०८२ आयोजना गदै

कुमोद अधिकारी
१७ चैत,
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले प्रथम गोल्डकप–२०८२ आयोजना गर्ने भएको छ । आगामी चैत २१ देखि २७ गते सम्म बुढीगंगा–२ स्थित अमाही खेलमैदानमा आयोजना हुने सो गोल्डकप पालिकाले आयोजना गर्दै आएको अहिले सम्मकै सवैभन्दा ठुलो र सर्वाधिक राशीकोे फुटवल प्रतियोेगिता हो ।
गोल्डकप आयोजनाको तयारी गर्दै आएको गाउँपालिकाले आज पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो ।
प्रतियोगितामा आयोजक बुढीगंगा गाउँपालिका, सलहेस फुटवल क्लव सिरहा, राजारानी फुटवल क्लव धनकुटा, धरान फुटवल क्लव सुनसरी, चाल्सा फुटवल क्लव झापा, आएफसी काठमाण्डौं, नाईजेरिजयन फुटबल क्लव र कञ्चनजंघा फुटवल क्लव सिलगुडी भारतको सहभागिता रहने गोल्डकप प्रतियोगितका संयोजक तथा वडा नं. २ का वडाध्यक्ष रेवतीनारायण चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेल आरएफसी काठमाण्डौं र सहलेस सिरहावीच हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगिताका विजेता टिममले ५ लाख, उपविजेताले २ लाख ५० हजार सहित ट्रफी मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।प्रतियोगितमाउत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोरर लगायतका विभिन्न विधामा पनि पुरस्कार दिईने संयोजक चौधरीले बताउनुभयो ।
गोल्डकप आयोजनामा करिव ३९ लाख खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले १२ लाख विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष अमृताकुमारी गच्छदारले सो अवसरमा जानकारी दिनुभयो ।
प्रतियोगिता आयोजनामा सहयोगका लागि विभिन्न संघ संस्था, उद्योगी व्यवसायी, छिमेकी स्थानीय तह र प्रदेश खेलकूद विकास बोर्ड समक्ष आग्रह गरिएको सो अवसरमा जानकारी गराइयो ।
“तिन युगु, तिन नेतृत्व ः विगत, वर्तमान र स्थानीय नेतृत्वको सम्मान” भन्ने नारा सहित आयोजना हुने गोल्डकपका लागि प्रवेश निशुल्क रहेको बुढीगंगा युवा परिषद्का सदस्य सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
। गाउँपालिकाले आफ्नै फुटवल टिम तयार गरि गोल्डकपको आयोजना गरेको हो । पछिल्लो एक वर्षदेखि गाउँपालिकाले फुटवल, भलिवल, कबड्डी र डोरीतान प्रतियोगिताका लागि खेलाडीलाई नियमित अभ्यास गराउँदै आएको छ ।
विपन्न समुदायका युवाहरुलाई लक्षित गर्दै प्रत्येक वर्डामा नियमित अभ्यास संचालन गरेपछि ३२ जनाको फुटवलको टिमले व्यवसायीक रुपमा प्रतियोगितामा सहभागी हुन थालेको गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले जानकारी दिनुभयो ।
खेलकुदको माध्यमवाट राष्ट्रतथा अन्तराष्ट्र क्षेत्रमा चिनाउन सफल सो पालिकाले दक्ष खेलाडी उत्तपादनका लागि विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गर्दै आएको पालिकाका अध्यक्ष थापाको भनाई छ । सात दिन सम्म संचालन हुने प्रतियोगितको उदघाटन गाउपालिकाका अध्यक्ष थापाले गर्नु हुने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *