कुमोद अधिकारी
९ फागुन,
विराटनगर । फागुन–२१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ जिल्लामा ५ हजार ३ सय २८ जना कर्मचारी परिचालन हुने भएका छन ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा मतदान अधिकृत ८ सय ८८, सहायक मतदान अधिकृत ८ सय ८८, सहायक अधिकृत २६ सय ४४ र कार्यालय सहायक ८ सय ८८ जना नेपाल सरकारका राष्ट्रसेवक सरकारी कर्मचारी परिचालन हुने छन ।
मोरङको निर्वाचन क्षेत्र न १ मा ९०६ जना, दुई नम्वर क्षेत्रमा ९२४, तिन नम्वर क्षेत्रमा १०७४ , चार नम्वर क्षेत्रमा ७८६ जना, पाच नम्वर क्षेत्रमा ७४४ र ६ नम्वर क्षेत्रमा ८९४ जना कर्मचारी परिचालन हुने छन ।
निर्वाचनमा परिचालन हुने सवै कर्मचारी छनौट भएको र मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई भोली आइतवारवाट निर्वाचन सम्वन्धि तालिम दिएर निर्वाचन क्षेत्रमा खटाउन लागिएको निर्वाचन कार्यालय मोरङका सुचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । प्रत्येक निर्वाचन क्षेत्रको मतदान स्थलको एउटा मतदान केन्द्रमा ६ जना कार्मचारी परिचालन हुनेगरि व्यवस्था मिलाइएको उहाले वताउनुभयो । निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापका लागि सरकारी सेवामा कार्यरत कर्मचारीलाई परिचालन गर्न लागिएको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि यो जिल्लामा ३ सय ६ वटा मतदान स्थल र ८ सय ८८ वटा मतदानकेन्द्र निर्धारण गरिएको छ । एक महानगरपालिका सहित १७ वटा स्थानियतह रहेको मोरङ जिल्लामा ७ लाख ८३ हजार ५० मतदाता रहेका छन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यो जिल्लामा विभिन्न राजनितिकदल तथा स्वतन्त्र सहित १ सय १० जना उमेदवार चुनावी प्र्रतिस्पर्धामा छन ।