कुमोद अधिकारी
३ फागुन,
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङका सिमावर्ती क्षेत्रका मतदाताले उम्मेदवारहरूसँग हुलाकी राजमार्गको काम चाडै सम्पन्नगर्न आग्रह गरेका छन ।
विराटनगर–रंगेली सडकखण्ड अन्तर्गतको हुलाकी सडकको जडीपुल देखी विराटनगmको हाटखोला सम्मको ६ किलोमिटर सडकको काम लामो समय देखी पुरा नभएको भन्दै काम चाडै सम्पन्न गर्न उमेदवार संग मतदाताल आग्रह गरेका छन ।
रंगेली देखी जुडीपुलसम्म हुलाकी सडकको प्राय सवै काम सम्पन्न भएपनि जुडिपुल देखी विराटगरको हाटखोला सम्मको सडकको कामभने अलपत्र अवस्थामा छ ।
श्रेष्ठ कन्ट्रक्सनले ठेक्का सम्झौता भएको सडकको काम पटक पटक म्याद थप्दापनि पुरा नभएपछि नेपाल सरकारले सो कन्ट्रक्सनसंगको ठेक्का सम्झौता केही महिना अघि तोडेको थियो ।
निर्माण शुरुगर्न भत्काईको सडकमा नाला र सडक विस्तार गर्ने काम वाहेक अरु काम नभएपछि मोरङ र झापालाई जोडने उक्त खण्डामा आवत जावत गर्न निकै समस्या हुने गरेको सर्वसाधारण्को भनाई छ । खाल्डाखुल्डी सडक र सडकमा उडने धुलोधुवाका कारण आवतजावत गर्न समस्या भएकाले काम चाडै सम्पन्न गर्न सो क्षेत्रका मतदाताहरुले आग्रह गरेका छन ।
मोरङ धनपालथान गाउपालिका–६ दादरवैरियाका मतदाता जयनारायण रायले विरामीको उपचार देखी रोजगारी लगायत हरेक कुराका लागि विराटनगर जानुपर्ने वाध्यता रहेकाले सडक नवन्दा विराटनगर पुग्न निकै समस्या हुने गरेको गुनासो छ । जुडीपुर्व आवत जावतमा सहज भएपनि जडीखोला पश्चिमभने आवतवावतमा सास्ती हुने गरेको उहाको भनाई छ ।

सोही ठाउकी अर्का मतदाता उमादेवी पासवानले सडकको काम अलपत्र अवस्थामा हुदा मालवाहक सवारी साधन आवत जावत गर्दा सो ठाउामा दुर्घटनामा पर्ने गरेको वताउनुभयो । पुर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकको रुपमा रहेको वाकी रहेको हुलाकी सडकको उक्त खण्डाको काम पुरागर्ने योजनालाई उमेदवारहरुले प्राथमिक्तामा राख्नुपर्ने उहाको भनाई छ ।
कटहरी –४ लोहन्द्राका दध व्यापारी मुकेश यादवले ६ किलोमिटर सडको विचमा रहेको विजलीको पोलका कारण दुर्घटनाको जोखिम वढेकाले अधुरो सडकको काम सम्पन गर्न आग्रह गर्नुभयो ।
एकातिर दर्घटनाको जोखिम अर्कोतिर सडकमा उडने धुलो धुवाका कारण सर्वसाधारण तथा सवारी चालकहरु विराम िसमेत पर्ने गरेकाले काम हुन वाकि रहेको उक्त सडक चाडै सम्पन्न गर्ने चुनावी च्रतिवद्धता सवै उमेदवारमा हुनुपर्नेमा उहाले जोड दिनुभयो ।
विराटनगर महानगरपालिका सहित कटहरी, धनपालथान, रंगेली, सुनवर्सी तथा रतुवामाई लगायतका पालिका तथा मोरङ जिल्लाको –२, ४ र ५ निर्वाचन क्षेत्रलाई हुलामी सडकले छोएको छ ।
उक्त सडक भएर सयौ सवारी साधन तथा हजारौ सर्वसाधारण देनिक आवत जावत गर्ने गर्दछन । झपादखी विराटनगर र विराटनगरवाट झापा जानका लागि सोक्षेत्रका वासीन्दाले उक्त सडकको प्रयोग गर्ने गर्ने गर्दछन । त्यस कारणपनि यो पटकको निर्वाचनमा सो क्षेत्रका मतदाताहरुले हुलाकी सडक वाकी रहेको काम पुरागर्ने विषयलाई प्राथमिक्तामा राखेका छन ।