कुमोद अधिकारी
११ मङसिर,
विराटनगर । ःनेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले फागुन–२१ गतेको निर्वाचन निश्पच्छ एंव भयरहित वातावरणमा सम्पन्न गर्न शान्तिसुरक्षा सुदुढ वनाउनु आवश्यक रहेको बताउनु भएको छ।
नेपाल वित्तिय संस्था कर्मचारी संघ,कृषि विकास बैंकको आठौँ केन्द्रीय परिषद भेलाको आज विराटनगरमा उद्घाटन गर्नुहुदै उहाले राजनितिक दलहरुले कुनै अवरोध विना आफ्ना चुनावी गतिविधि गर्न सकेमा मात्र निर्वाचन सफल हुने वताउनुभयो ।
उहाले जेन्जी आन्दोलन पछि सुरक्षाकर्मीको मनोवल खस्किएको अवस्थामा शान्तीपुर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सुरक्षा चुनौती रहेको वताउनुभयो ।
अहिले पनि सुरक्षाकर्मी माथी खुलेआम आक्रमण भइरहेको अवस्थामा शान्तीपुर्ण रुपमा निर्वाचन हुनेमा उहाले आंशखा व्यक्त गर्नुभयो ।
सिंहदरवार , सर्वोच अदालत लगायत मुलुकका महत्वपूर्ण भवन तोडफोड एवं आगजनी गर्ने कार्यमा नवयुवाहरु(जेन्जी)को कुनै सङ्लग्नता नरहेको उहाकोे भनाई थियो ।
नेपाली युवाहरुले कहिले पनि नेपालको अहित चाहेका छैनन, जन्जी आन्दोलनको नाममा वह्रय शक्तिको चलखेल भएको दावी गर्दै उहाले अहिले पनि मुलुकको संकट टरि नसकेको अवस्थामा राष्ट्र र राष्ट्रियतालाई जोगाउन सवैदल एंव नेपाली जनता एक जुट हुनुपर्ने वताउनुभयो ।
उपसभापति गुरुङले ट्रेड युनियन प्रजान्त्रको खम्बा भएको चर्चा गर्दै कर्मचारीहरुले ठूलो आन्दोलनको कारण मुलुकमा प्रजातन्त्र पुनः स्थापना भएको वताउनुभयो ।

कृषि विकास बैंकले किसानको हितमा कार्य गर्नुपर्नेमा उहाँले जोड दिँदै यसमा सधै साथ र सहयोग रहने वताउनुभयो ।
बैंकका निमित्त कार्यकारी अधिकृत प्रताप सुवेदीले कर्मचारीहरुको वित्तिविकासमा बैंक सकारात्मक रहेको बताउनुभयो ।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्वुले निर्वाचनलाई सफल बनाउने जिम्मेवारी सरकारको रहेको वताउनुभयो ।
नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष रामबहादुर रावल ,वरिष्ठ उपाध्यक्ष सिद्धिलाल मगिया,कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष जानुका पौडल, कर्मचारी संघका महासचिव लेखनाथ घिमिरे, कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणि घिमिरे लगायतले कर्मचारीको वित्तिविकास तथा करार कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा उपसभापति गुरुङले संघद्वारा प्रकाशित स्मारिका र गितको विमोचन गर्नु भएको थियो ।
दुई दिनसम्म चल्ने परिषदको भेलामा मुलुकका ७७ जिल्लाका ९ सय कर्मचारीहरुको सहभागिता रहेको छ ।