मतदाता नामावली संकलनमा मोरङमा उत्साहजनक सहभागिता , मंगलवार सम्म १५ हजार ८४ नया मतदाता थपिए

कुमोद अधिकारी
२ मंसिर,
विराटनगर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै मोरङ जिल्लामा संचालित मतदाता नामावली सङ्कलन तथा अद्यावधिकमा नया मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।
कोशी प्रदेस निर्वाचन कार्यालय विराटनगरका अनुसार मोरङ जिल्लामा आज मंगलवार साझ सम्म १५ हजार ८४ जना नया मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन । जसमध्ये पुरुष ८ हजार २१ तथा महिला ७ हजार ६३ जना रहेका छन ।
गत असोज–१० गतेवाट शुरु भएको मतदाता नामावली संकलन कार्य मंङसिर–५ गते सम्म संचालन हुने छ । असोज–१० गते देखि कातिक–२४ गतेसम्म जेन्जी समुहका १६ देखि २७ वर्ष उमेरका युवायुवतीले सवैभन्दा वढि मतदाता नामावलीमा नामदर्ता गराएको र कार्तिक–२४ गते एता जेन्जी सहित अन्य समुहले नामदर्ता गराएको कार्यालयका सुचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो ।
शुरु शुरुमा देनिक दुई देखि अढाई सय जनाले नामदर्ता गराउदै आएकोमा कार्तिक–१५ गते एता देनिक एकहजार वढिले नामदर्ता गराएको उहाको भनाई छ । निर्वाचन आयोगले मंसिर –१ गते देखि पाच दिनका लागि नामदर्ता गराउने समय थपेपछि अहिले देनिक ५ सयको हाराहारीमा नाम दर्ता हुने गरेको अधिकारीको भनाई छ ।
सेवाग्राहीको चाप बढ्दै गएपछि कार्यालयले अहिले सेवा समय बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म विस्तार गरेको छ । कार्यालयमा १५ जना कर्मचारीले पाचवटा ल्यापटपको प्रयोग गरेर अहोरात्र सेवा प्रदान गरिरहेका छन । शुरुमा दुइवटा ल्यापटपको प्रयोग गरेर सेवा प्रदान गरेकोमा सेवाग्रहीका चाप वढेपछि सेवा विस्तार गरिएको कार्यालयले जनाएको छ ।
यस अघि भएको प्रतिनिधि तथा प्रदेससभाको निर्वाचनमा मोरङ जिल्लामा ७ लाख ४० हजार ९ सय ९२ जना मतदाता रहेका थिए । त्यसमध्ये पुरुष ३ लाख ६३ हजार ७ सय ४२, महिला ३ लाख ७७ हजार २ सय ४४ तथा अन्य ६ जना मतदाता रहेका थिए ।
मतदाता नामावालीमा नाम दर्ता गराउन आउनेको शख्या हेर्दा मंङसिर–५ गतेसम्म मोरङ जिल्लामा १७ देखि १८ हजारको हाराहारीमा नया मतदात थपिन अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *