कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

कुमोद अधिकारी
३ मंसिर,
विराटनगर । कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा तारानाथ निरौला नियुक्त हुनुभएको छ । आज बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । निराौला विराटनगर निवासी हुनुहुन्छ ।
यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो । निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिनु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *