सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाउँदा किसान मार्कामा

कुमोद अधिकारी
२६ कातिक,
विराटनगर । सरकारले निर्धारण गरेका धानको न्यूनतम समर्थन मूल्य नपाउदा किसान मार्कामा परेका छन । प्रत्येकवर्ष सरकारले धानको समर्थन मुल्य निर्धारण गरेपनि सर्मथम मुल्यभने किसानले पाइरहेका छैनन ।
साना किसानलाई सरकारले संचालनमा ल्याएको खरिदकेन्द्रको वारेमा जानकारी नहुदा तथा कतिपय किसानलाई जानकारी भएपनि खरिदकेन्द्र सम्म धान ढुवानीगर्न समस्या हुने गरेका कारण किसानले धानको उचिम मुल्य पाउन सकिरहेका छैनन ।
योवर्ष खाद्ध व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोशी प्रदेस अन्तर्गतको विराटनगर तथा झापाको विर्तामोड स्थित दुवै कार्यालयको खरिद केन्द्र मार्फत पहिलो चरणमा २१ हजार क्विन्टल धान खरिदगर्ने कोटा पाएको छ । कोशी प्रदेसमा सरकारले योवर्ष सोना मन्सुली धान प्रति क्विन्टल ३ हजार ६ सय २८ रुपैया निर्धारण गरिएको छ । यो क्षेत्रवाट सोना मन्सुली धानमात्र खरिदगर्ने गरि सो कार्यालयले कोटा पाएको हो ।
रंगेली नगरपाकिला–७ का किसान झरिलाल मण्डलले समर्थन मुल्य निर्धारण गरेपनि सरकारी धान खरिदगर्ने खरिदकेन्द्र कुन ठाउमा छ, त्यो जानकारी नभएको वताउनुभयो । “सरकारले मूल्य तोक्छ, तर त्यो दरमा धान खरिद गर्न व्यापारीले मान्दैनन्। हामी बाध्य भएर सस्तो मुल्यमा धान बेच्नुपरेको छ।”उहाले भन्नुभयो ।
निजी व्यापारीले यो दर स्वीकार नगरी आफ्नै हिसाबले मूल्य तोकेका छन्। बजारमा व्यापारीहरूको यस्तो एकाधिकारका कारण साना किसान मर्कामा पर्दै आएको किसानको भनाई छ ।
मोरङ जिल्लाका किसानका लागि विराटनगरमा मात्रै एउटा खरिद केन्द्र हुदा ढुवानीमा समस्या हुने गरेको अर्का किसान सुगनलाल मण्डलको भनाई छ । पायक पर्ने स्थानिय तहहरुमा खरिदकेन्द्र स्थापना गर्न सके सवै किसानले उचित मुल्य पाउने उहाले वताउनुभयो ।
विराटनगर स्थित कार्यालयका सुचना अधिकारी दिलिपकुमार पटेलले ढुवानी तथा भण्डारनका कारण पालिका–पालिकामा गएर धान खरिद गर्न समस्या हुने गरेकोे वताउनुभयो । किसानलाई पायक पर्ने ठाउका स्थानियतहले ढुवानी र भण्डारनको व्यवस्था मिलाउन सके आवश्यक ठाउमा खरिदकेन्द्र संचालनगर्न कार्यालय तयार रहेको उहाको भनाई छ ।
मंसिरको पहिलो साता देखि दुवै कार्यालयको खरिदकेन्द मार्फत धान खरिद गर्नेगरि तयारी गरेका छन । खरिदकेन्द्रमा धान विक्रिका लागि किसानले आफनो ठाउको स्थानियतह तथा वर्डाको सिफारिस ल्याउनुपर्ने हुन्छ । सरकारले किसानका लागि धानका समर्थन मुल्य निर्धारण गरेकाले सहि किसानको पहिचानका लागि स्थायिनतहवाट सिफारिस अनिवार्य ल्याउनुपर्ने व्यवस्था मिलाएको र वास्तविक किसानलाई मात्र सिफारिस गर्न स्थानियतह लाई सुचना अधिकारी पटेलले आग्रह गर्नुभयो ।
सरकारी रेट अनाुसार सोना मन्सुली धान प्रतिमन १ हजार ४ सय ५१ रुपैयामा निर्धारण गरेपनि पुर्वी मोरङका किसानले अहिले सोहिधान १ हजार ६० रुपैषमा तथा सोही धान प्रति क्विन्टल २ हजार ६ सय रुपैयमा विक्रि गर्दै आई रहेका छन ।
सरकारले तोकेको मूल्य कार्यान्वयन नभएसम्म परिश्रमको उचित मूल्य पाउनु किसानलाई सम्भव छैन। “सरकारले तोकेको मूल्य कागजमै सीमित रह्यो भने हाम्रो पसिनाको मूल्य फेरि बजारले निर्धारण गर्छ,” किसानको गुनासो छ । यस्तो अवस्थामा साना किसानलाई राहत प्रदानगर्न नेपाल सरकारले निर्धारण गरेको समर्थन मुल्यमा धान विक्रि गर्ने व्यवस्था मिलाउनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *