कुमोद अधिकारी
२८ कातिक,
विराटनगर ÷जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित ९८ करोड रुपैयाँ बराबरको क्षतिभएको छ ।
महानगरपालिकाका मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षतिभएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो ।
त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शवबाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँक्षतिभएको महानगरले जनाएको छ ।
वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताउनुभयो । ‘यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो । त्यो भन्दा ठूलो क्षति त जनताका महत्वपूर्ण कागजपत्रजलेर नष्ट भएको छ,’ उहाले भन्नुभयो ‘घरजग्गाशाखा पूर्ण रुपमाजल्दात्यहाँका सबै कागजपत्र नष्ट भयो ।अन्यमहाशाखा र शाखाकाकागजपत्रपनि सबै जल्यो । ती सबै कागजपत्रजनतासँग सम्बन्धित नै थिए ।’
भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ क्षतिभएको छ । जसले गर्दा महानगरको विकासमा असर पुग्ने निश्चित । मेयर कोइरालाले महानगरलाई तङ्ग्रिनअझै केही समय लाग्ने बताउनुभयो । सेवाप्रवाहमाभने कुनै कमीहुननदिएको उनको भनाइथियो ।
गतभदौ २४ गते भएको जेनजीआन्दोलनकाक्रममामहानगरको प्रशासनिकभवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडा जलेर नष्ट भएको थियो । प्रशासनिक भवनमा आगजनीगर्दा अधिकांश महाशाखा खरानी भएका थिए ।
प्रशासनिकभवन र वडा कार्यालयहरूमाआगजनीगर्दा टेन्टमार्फत जनताका सेवाप्रवाह गरिरहेको उनले सुनाए । बस्ने ठाउँ नहुँदान्यायिक समितिको इजलाससमेत टेन्टमै बसिरहेको उपमेयर शिल्पा निरालाकार्कीले जानकारी दिनुभयो । उहाका अनुसार हरेक सोमबार र बुधबार न्यायिकइजलास बस्ने गरेको छ ।
महानगरबाट प्रवाहहुने सबैजसो सेवापूर्ववत् रुपमा सुचारु भइसकेको छ । प्राविधिक जाँचपछि बस्न योग्यभवनमा रंगरोगन, विद्युत र नेट जडान धमाधमभइरहेको प्रमुख प्रशासकीय अधिकृत योगन्द्र दुलालले जानकारी दिनुभयो ।