कुमोद अधिकारी
५ असोज,
विराटनगर । जेन–जि आन्दोलनका कारण सवै संरचना ध्वस्त भएपछि अवरुद्ध सेवा संचालनमा सहयोग पु¥याउन जिल्ला प्रसासन कार्यालय मोरङलाई आज दश थान कम्प्युटर हस्तान्तरण गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको तर्फबाट महासंघका अध्यक्ष राजेन्द्र राउतले १० थान कम्प्यूटर सो कार्यालयलाई हस्तान्तरण गर्नु भएको हो ।
उक्त कम्प्यूटर मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदलाई महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले हस्तान्तरण गर्नु भएको थियो ।
यसैगरी आगलागीका कारण ध्वस्त भएको भवनमा रंगरोगनका लागि एशियन पेन्टस्बाट ३०० लिटर रंग सहयोग प्राप्त भएको र उक्त रंगरोगन खर्च समेत महासंघले उपलव्ध गराउने भण्डारीले वताउनुभयो ।