विराटनगर महानगरपालिकाका मेयर कोइराला अष्ट्रेलिया प्रस्थान

कुमोद अधिकारी
१९ भदौ,
विराटनगर ÷विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अष्ट्रेलिया प्रस्थान गर्नु भएको छ ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया लगायत विभिन्न नेपाली समुदायका संघ–संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागीहुन मेयर कोइराला अष्ट्रेलिया प्रस्थान गर्नु भएको हो ।
महानगरपालिकाका अनुसार अष्ट्रेलिया बसाइकाक्रममा मेयर कोइरालाले विराटनगर–८ मा सञ्चालनको तयारी भइरहेको अनाथाश्रमकालागि आवश्यक सहकार्य र स्रोत परिचालनमा पहल गर्ने र यस विषयमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संस्थातथा सम्भावितदाताहरूसँग छलफल गरिने जनाइएको छ।
अष्ट्रेलिया भ्रमणमा उहाले सिड्नी, मेलबर्नलगायतका सहरहरूमाआयोजनाहुने विभिन्न अन्तरक्रिया, सम्मेलन तथा भेटघाट कार्यक्रममाभाग लिने कार्यक्रम रहेको छ।
विशेषगरी अष्ट्रेलियामा रहेका नेपालीहरूबीचविराटनगरको समग्र विकासकालागि सहयोग जुटाउने उद्देश्यका साथउनले आफ्ना प्रस्तावहरू राख्ने मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो ।
मेयर कोइराला यसअघि इजरायलको भ्रमणमा समेत जानु भएको थियो । त्यहाँ उहाले कृषि, पूर्वाधार तथा सहरी विकासका विविधपक्षमा अध्ययन भ्रमण गर्नु भएको थियो इजरायल–इरान युद्धका कारण मेयर कोइराला भ्रमण छोट्याएर विराटनगर फर्कनु भएको थियो ।
मेयर कोइरालाको अष्ट्रेलिया भ्रमणलाई औपचारिक बनाउँदै उपमेयर शिल्पा निरालाकार्की, निमित्त प्रमुखप्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल लगायत महानगरका कर्मचारीहरूले काठमाडौं प्रस्थानअघि बुधबार कार्यालयमा विदाई गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *