कोशी प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिदै

कुमोद अधिकारी
१९ भदौ,
विराटनगर । कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने भएको छ । पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण÷घोषणा संवन्धी प्रदेश खोप समन्वय समितिको आज कोशी प्रदेस स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले यहि भदौ २५ गते कोशी प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने निर्णय भएको हो ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक तथा प्रदेश खोप समन्वय समितिका सदस्यसचिव ज्ञानबहादुर वस्नेतले यहि भदौ २९ गते नेपाललाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गर्ने कार्यक्रम रहेकाले देशलाई नै पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गर्नु पूर्व कोशी प्रदेशलाई पुर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्न लागेको जानकारी दिनुभयो ।


कोशी प्रदेशका १४ वटै जिल्लाले यसअघि नै पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका छन् । वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनुभयो ।
कोशी प्रदेशका सवै वडा, स्थानीयतह र जिल्लाहरुले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिसकेकाले कोशी प्रदेशलाई भदौ २५ गते घोषणा गर्न लागिएको उहाँले बताउनुभयो ।
संघीय सरकारले प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणाका लागि भदौ १५ गते अनुमति दिएको भण्डारीले बताउनुभयो ।


समन्वय समितिको बैठकमा खोपबाट बचाउन सकिने रोगहरुको अवस्था, नियमित खोप व्यवस्थापन, खोप निगरानी, जापनिज इन्सेफ्लाईटिस लगायतबारे छलफल गरि आगामी आर्थिक वर्ष २०८२–०८३ मा खोपलाई विशेष प्राथमिकतामा राखी खोप कार्यक्रमलाई प्रभावकारि बनाईने निर्णय गरेको छ ।
कोशी प्रदेशमा साउन महिना एता जापनिज इन्सेफ्लाईटिसबाट १८ जना संक्रमित भएको बताईएको छ । यसअघि सो रोगबाट सन’ २०२४ मा १६ र सन् २०२३ मा १९ जना संक्रमित भएका थिए । प्रदेश खोप समन्वय समिति बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले शुन्य डोज र ड्रप आउटको समस्यालाई आगामी दिनमा सुधार गर्दै लगिने बताउनुभयो । कोशी प्रदेशमा खोपको शुन्य डोज भएका बालबालिकाको संख्या १५१ रहेको छ । पूर्ण खोप लगाउनबाट बञ्चित भएका बालबालिकाको संख्या ३ हजार ४९० रहेको सो अवसरमा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *