कुमोद अधिकारी
२७ साउन
विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालय कोशी प्रदेसको परिसरमा प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र भवन निर्माण गरी हस्तान्तरण गरेको छ ।
भवन हस्तान्तरणसँगै स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र मन्त्रालयको प्रत्यक्ष निगरानीमा आफ्नै भवनमा सञ्चालन हुने भएको हो । आज एक कार्यक्रमका विच भवन उद्घाटन पछि प्रदेस स्वास्थ्य मन्त्रालयलाई विश्व स्वास्थ्य संगठनले सो भवन हस्तान्तरण गरेको हो ।
यसअघि कोशी अस्पताल परिसरमा स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन हुँदै आएको थियो । भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले नव निर्मित प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र भवनको उद्घाटन गर्नुभएको हो ।
मन्त्री राईले स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र निरन्तर र प्रभावकारी ढंगले सञ्चालनका लागि दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताएका भयो । अहिले विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन हुँदै आएको छ, विश्व स्वास्थ्य संगठनले सहयोग गर्न बन्द गरिदिएको दिन के गर्ने, सञ्चालन गर्ने कि नगर्ने जस्ता प्रश्नको उत्तर दिन अहिले देखि तयार हुनुपर्छ भन्दै राईले बिना कसैको सहयोगमा पनि सञ्चालन गर्न सक्छु भन्ने तरिकारले अहिलेदेखि नै सबै तरिका र प्रक्रियाको बारेमा जानिराख्नु पर्छ र विश्व स्वास्थ्य संगठनले सहयोग गर्न बन्द गरे पनि मन्त्रालयले आफै सञ्चालन गर्ने रणनीति बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि डाक्टर राजेश समबाजीराव पाण्डवले यो भवनले जस्तोसुकै आपत विपतको बेला यस प्रदेशवासीलाई स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने बताउनु भयो । विपद सूचना दिएर नआउने भएकाले त्यसको सामना गर्न पूर्व तयारीमा बस्नु पर्ने उहाँको भनाई थियो ।
स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई एवं स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले विपदको पूर्वतयारीले विपदको बेला काम गर्न ३० गुणा सहज हुने बताउनु भयो ।
बागमति प्रदेशमा बन्द भए जस्तो यस प्रदेशमा स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र बन्द गर्नुपर्ने अवस्था आएमा पूर्व जानकारी दिन उहाले आग्रह गर्नु भयो ।
अहिलेको समयमा भूकम्प आउनुभन्दा न्यूनतम ३० सेकेण्ड अगाडि पूर्वजानकारी प्राप्त हुने गरेको अवस्थामा अन्य विपद्को बारेमा काम गर्दै जाँदा धेरै समय अगाडि नै सूचना प्राप्त हुने र त्यसबाट हुने क्षति अत्यन्तै न्यून भएर जान यो केन्द्र सञ्चालनमा यो प्रदेश सक्षम हुने उहाले विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय कोशी प्रदेस सचिव राधिका थपलियाले भवनको महत्वमाथ प्रकास पार्नु भएको थियो ।
विश्व स्वास्थ्य संगठनले प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र भवन, फर्निचर, बैकल्पिक उर्जाका लागि सोलार, ब्याट्रीलगायतका सामग्रीसहित ९९ लाख ७५ हजार ६७ रुपैयाँमा तयार गरेर स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई एवं स्वास्थ्य आपतकालिन केन्द्र मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।
उक्त भवन भूकम्प प्रतिरोधी र आगोसमेत नलाग्ने रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मन्त्रालय परिसरमा नै भवन निर्माण भएर सञ्चालन हुँदा मन्त्रालयको प्रत्यक्ष निगरानीमा प्रभावकारी रुपमा सञ्चालन हुने बताइएको छ ।